रोनाल्डोको गोलमा युनाइटेड विजयी

रोनाल्डोको गोलमा युनाइटेड विजयी


इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले युरोपा लिग फुटबलमा बिहीबार राति सेरिफलाई ३–० अन्तरले पराजित गरेको छ ।

युनाईटेडले घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाईटेडलाई जित दिलाउन डिओगो डालोट, मार्कस राष्फोर्ड र क्रिस्टियानो रोनाल्डोले समान एक एक गोल गरे । ओल्ड ट्रार्फोडमा बिहीबार राति भएको खेलको ४४औं मिनेटमा डिएगो डालोटको गोलबाट युनाइटेडले पहिलो हाफमा १–० को अग्रता लिएको थियो । उनले क्रिस्टियन एरिक्सनको पासमा गोल गर्न सफल भएका थिए ।

६५औं मिनेटमा मार्कुस रासफोर्डले गोल गर्दै युनाइटेडलाई २–० ले अघि बढाए । उनले लुकास साको पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि ८१औं मिनेटमा रोनाल्डोले गोल गर्दै युनाइटेडलाई सहज जित दिलाए ।

रोनाल्डोको यो करियरकै ७ सय १ गोल हो । जितसँगै समूह ‘ई’ मा युनाईटेडले ५ खेलमा १२ अंक जोडेर  दोस्रो स्थानमा छ । सेरिफ ३ अंक जोडेर तेस्रो स्थानमा छ ।

Logo