#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30762167957563740429322400311
नेपाल627974011712945267

२३ अर्बको तमसुक, हतियार र सुनसहित धनगढीमा ३ जना पक्राउ

धनगढी । प्रहरीले चार थान पेस्तोल, सुन र विभिन्न कागजातसहित पक्राउ परेका तीन जनलाई सार्वजनिक गरेको छ । धनगढीको चटकपुरबाट पक्राउ परेका तीनै जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय कैलालीले बिहीबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

धनगढी उप–महानगरपालिका–६ मटियारीका सञ्जय राणा भनिने सञ्जय समशेर राना सोही ठाउँका कमल बहादुर बिक र वडा नम्बर ३ का रुद्रप्रसाद अधिकारीलाई पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको हो। प्रहरीले उनीहरुको साथबाट चार थान पेस्तोल, तीन सय ७९ दशमलव ३६ ग्राम सुन, तमसुक र राष्ट्र बैंकका नक्कली कागजात समेत बरामद गरेको छ।

विभिन्न व्यक्तिका नाममा रहेका १८ करोड तीन लाख ६४ हजार बराबरका २३ थान तमसुक समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक सुदिप गिरीले जानकारी दिए । विभिन्न व्यक्तिका नाममा काटेका र खाली गरि ५७ वटा चेक पनि बरामद गरिएको छ । दुई करोड ४५ लाख रुपैयाँको काटेको चेक पनि बरामद गरिएको हो।

उनीहरुको साथबाट नक्कली चेक पनि बरामद गरिएको छ। एक अर्ब छ करोड रुपैयाँको राष्ट्र बैंकको एउटै नक्कली चेक पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। छाप र नक्कली पत्र तथा कागजाहरु पनि उनीहरुको साथबाट प्रहरीले बरामद गरिएको छ। प्रहरीले उनीहरूको साथबाट २३ अर्बको तमसुक बरामद गरेको हो ।

विभिन्न सरकारी कार्यालयका छापहरु बरामद गरिएको हो। नापी कार्यालय, मालपोत, राजश्वसँगै सञ्चार मन्त्रालय, धनगढी उप–महानगरपालिका, गोदावरी नगरपालिका र विभिन्न विभागका छापहरु बरामद गरिएको छ भने राष्ट्र बैंकका गभर्नरसहित, कर अधिकृत, मालपोत अधिकृतको हस्ताक्षर छाप पनि बरामद गरिएको हो।

यस्तै पक्राउ परेका सञ्जय रानाको नाममा दुई वटा नागरिकता भेटिएको छ। एउटा कैलाली र एउटा डोटीबाट उनले नागरिकता लिएको भेटिएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक गिरीले लामो समयदेखिको प्रयासपछि उनीहरुलाई पक्राउ गर्न सफल भएको बताए। अहिले प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरु मिटर ब्याज र हातहतियारको कारोवारी भएको खुल्न आए पनि विस्तृत रुपममा अनुसन्धान गर्न बाँकी रहेको बताए। ७ दिन म्याद थपेर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

डोटी केआईसिंह गाउँपालिका राना गाउँका सन्जय राणा भनिने सन्जय रानाको केही बर्ष अगाडि धनगढीको मट्यारीमै सामान्य घर थियो। उनको पारिवारिक अवस्था सामान्य नै थियो। एकाएक उनले मट्यारीमै आलिसान घर बनाए, कारमा हिड्न थाले, घाटीमा सुनको सिक्री लगाउन थाले र ठूला होटलहरुमा भोज भतेरको कार्यक्रम समेत आयोजना गर्न थाले।

देखिने गरि कुनै पनि कारोवारमा संग्लन नभएपनि उनको जिवनशैली एकाएक फेरियो, एकाएक धन सम्पत्ती जोडेपछि छिमेकमा चर्चाको विषय बन्ने गरेको थियो। छिमेकीले सोध्दा जग्गाको कारोवार गर्छु भन्दै उनी सहजै जवाफ दिन्थे। तर अहिले उनी पक्राउ परेपछि द्वन्द्वकालदेखि नै हतियारको कारोवारी रहेको प्रहरीले जनाएको छ । यो क्षेत्रमा अपराधिक गतिविधिका लागि कसैलाई हतियार आवश्यक भए उनले नै विक्री गर्दै आएका थिए।

बरामद सामानहरू –

पेस्तोल थान १, रिभल्बर थान १, कटुवा पेस्तोल थान २, गोली राउण्ड ७, बटनवाला चक्कु थान १, सुनको विभिन्न गर गहना ६७९.३६ ग्राम, संजय राणा र संजय शमशेर जंग बहादुर राणा नाम भएको नागरिकता थान २, विभिन्न व्यक्तिको नाममा लिने दिने गरी बनाएको तमसुक कागज थान २३,१८,०३,६४,०००।-, हस्ताक्षर गरिएको विभिन्न बैकहरुको वल्याङ्क चेक थान ३८, विभिन्न व्यक्तिको नाममा काटिएको चेकहरु थान १९ २,४५,२०,०००।, नेपाल राष्ट्र बैकले रिलिज गरेको भनिएको नक्कली बैंक ड्राफ्ट थान ३ १,०६,३७,७३,१७५।५०,
४१,६५,०३,७८३। र ४२,१७,५०,७०७।, नक्कली छापहरु-थान ४१, नापी कार्यालय धनगढीको छाप थान १, राजश्व विभाग सेवा कार्यालय सिहदरबार काठमाण्डौको छाप थान २ , मालपोत कार्यालय कैलालीको छाप थान ३ रहेका छन् ।

त्यस्तै नापी कार्यालय टिकापुरको छाप थान १, नापी विभाग टिकापुरको छाप थान २, मालपोत कार्यालय कैलाली कम्प्युटर फाँटको छाप थान १, नोटरी पब्लिकको छाप थान १, कर अधिकृतको छाप थान ३, मालपोत अधिकृतको छाप थान २, सुचना तथा संचार मन्त्रालयको छाप थान १, कार्यकारी निर्देशन नारायण प्रसाद पौडेलको छाप थान १, नेपाल राष्ट्र बैंक बालुवाटार काठमाण्डौको छाप थान ५, बर्दगोरिया गा.पा. को छाप थान २, घोडाघोडी नगरपालिकाको छाप थान १, धनगढी उप-महानगरपालिकाको छाप थान १, गोदावरी नगरपालिकाको छाप थान १, नोटरी पब्लिक भेरिफिकेशनको छाप थान १, अर्थ मन्त्रालय सिँहदरवारको छाप थान १, आन्तरिक राजश्व विभागको छाप थान १, नेपाल राष्ट्र बैंक नेपालगंज बाँकेको छाप थान १, डा. चिरिन्जिबी नेपाल गभर्नरको छाप थान १, कार्यालय प्रमुखको छाप थान १, महालेखा नियन्त्रकको कार्यालयको छाप थान १, नेपाल राष्ट्र बैँक सिद्धार्थनगर भैरहवाको छाप थान १, सर्वेक्षकको छाप थान ४, स्ट्याम्प प्याड थान ६ बरामद गरिएकाे छ ।

नक्कली कागजात बनाउन प्रयोग हुने अन्य सामाग्रीहरुः

१ बित्तिय कारोबार गर्ने संघ संस्थाले प्रयोग गर्ने A-Z , & र 0-8 सम्मका नम्बर लेखिएका धातुले बनेका वस्तु थान ३६
२ कैलाली जिल्ला अदालत, मालपोत कार्यालय कैलाली, मालपोत कार्यालय टिकापुर, नेपाल राष्ट्र बैँक, यातायात व्यवस्था कार्यालयका नगदी रसिद प्याडहरु
३ पेन ड्राइभ
४ विभिन्न जीवीका मेमोरी कार्ड थान
५ सिम सहितको मोबाईल थान ६ इन्डियन सहित
६ खालि सिमकार्डहरु थान २
७ नम्बर प्रिन्टिङ स्ट्याम्प थान १
अन्य सामानहरु
ट्राफिक प्रहरीले प्रयोग गर्ने सेतो बेल्ट थान १
सिट्टीकर्ड, आर्मब्याज,चेस्ट नेम प्लेट थान १।१
प्रहरीले प्रयोग गर्ने निलो चुस्ता जोर १
बा २० च ४२२० को कार थान १
से २ प ३१२४ नं. को मो.सा. थान १
अन्य विभिन्न कागजात तथा खालि लेटर प्याड, चेक बनाउन प्रयोग हुने पेपर लगायतका सामाग्रीहरु

सम्बन्धित समाचारहरु

ताजा समाचार