पशुपतिनाथका ६ रहस्य (भिडियो सहित)

पशुपतिनाथ वैदिक सनातन धर्मावलम्बीहरू बीच चर्चित शिवलिंग हो । विश्वका करोडौँ भक्तजनका आराध्य पशुपतिनाथ रहस्यै रहस्यले भरिएको ज्योतिर्लिङ्ग हो । काठमाडौंको वागमती नदी किनारमा अवस्थित मन्दिर भित्र यो लिंग विराजमान छ । यसलाई पुराणादि शास्त्रले अपूर्व लिंगका रूपमा वर्णन गरेका छन् ।

पशुपतिनाथ शिव हुन् । शिवको पूजा सधँै लिंग स्वरूपमा हुने गर्छ । शिवमा नै ब्रह्माण्ड समाहित भएको र ब्रह्माण्ड लिंगाकार भएको हुनाले शिवपूजा लिंग स्वरूपमा हुन्छ । संसारभर नै शिवार्चनका लागि करिब करिब उस्तै स्वरूपको शिवलिंग प्रयोग भएको पाइन्छ । यद्यपि स्वरूपका आधारमा लिंगस्वरूप र चक्रस्वरूप गरीदुई प्रकारका शिवलिंग हुन्छन् । पशुपतिनाथको कुरा गर्दा यहाँ चक्रस्वरूपलिंगको पूजा हुन्छ । त्यसैले पनिपशुपतिनाथलाई अन्य लिंग भन्दा फरक एवं विशिष्ट मानिन्छ ।

पशुपतिनाथमा शिवलिंग मात्र फरक नभई पूजन पद्धति पनि फरक छ । प्रायः शिवलिंगमा पूजनको समयमा मुखाकृति बनाइए पनि पशुपतिनाथको जस्तो अलग अलग मुखाकृति भने पाइन्न । कस्तो छ त पशुपतिको शिवलिंगको स्वरूप ? आजको हाम्रो रिर्पोट यसै विषयमा केन्द्रित छ । हेरौं यो भिडियो