नेपालको पोष्टमा कुवेतको ७ गोल

काठमाडौं,

सन् २०२२ मा कतारमा हुने विश्वकप र २०२३ मा चीनमा हुने एसियन कपको दोस्रो चरणको छनोट अन्तर्गतको पहिलो खेलमा नेपालको पराजय भएको छ ।  कुवेतसँग नेपालले ७–० गोलको हार खाएको हो ।

छनोटको समूह बी मा रहेको नेपालले पहिलो खेल कुवेतको राष्ट्रिय रंगशालामा खेलेको हो । नेपालमा हुनुपर्ने यो खेल दशरथ रंगशाला पुनर्निर्माणको क्रममा रहेकाले कुवेतमा भएको थियो ।

फिफा वरीयतामा नेपालभन्दा १० स्थान माथि (१५६ औं स्थान) मा रहेको कुवेतले खेल अवधिभर नै नेपाललाई नियन्त्रणमा राखेको थियो । खेलको छैटौं मिनेटमै नेपालले गोल खाएको हो । यस्तै १३ औं मिनेटमा पनि अर्को गोल खाएपछि पहिलो हाफमै २–० को अन्तरमा पछि परेको थियो । नेपालले अन्तिम २ गोल इन्ज्यूरी समयमा खाएको हो ।