बस र मोटरसाइकल ठोक्किँदा आमाको मृत्यु, छोरा घाइते

बस र मोटरसाइकल ठोक्किँदा आमाको मृत्यु, छोरा घाइते


बाराको पथलैयामा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको छ । छोराले चलाएको मोटरसाइकल पछाडी सवार आमाको दुर्घटनामा ज्यान गएको र छोरा घाइते भएको प्रहरीले जनाएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका–१ पथलैया चोकमा हेटौंडातर्फ जाँदै गरेको बा.प्र ०३–०४ प ८९७८ नम्बरको मोटरसाइकल सोही दिशाबाट गइरहेको ना ५ ख ५८०५ नम्बरको बससँग ठोक्किएको थियो । साे क्रममा हेटौंडा -१६ की ४५ वर्षकी होम थापा मगरको घटनास्थलमा नै मृत्यु भएको हो । उनको उपचारका लागि अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए ।

मोटरसाइकल चलाएका उनका छोरा २३ वर्षका पुजन थापाको भने सिमरामा रहेको अल्पाइन अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले बस र बसका चालकलाई नियन्त्रणमा लिएको छ ।

Logo