बारामा जंगली हात्तीको आक्रमणमा घाइते महिलाको मृत्यु

बारामा जंगली हात्तीको आक्रमणमा घाइते महिलाको मृत्यु


बारामा जंगली हात्तीको आक्रमणमा परी घाइते भएकी महिलाको ज्यान गएको छ । जितपुर सिमरा उपमहानगरपालिका २१ अमलेखगञ्ज बस्ने ५० वर्षीया शेख रुकैदाको मृत्यु भएको हो ।

बाख्रा चराइरहेकी खातुनलाई नेपाल आयल निगम अमलेखगञ्ज डिपो नजिकै रहेको पार्किङमा बिहीबार दिउँसो हात्तीले आक्रमण गरेको थियो ।

हात्तीको आक्रमणबाट घाइते रुकैदालाई सिमरास्थित अलपाइन अस्पतालमा उपचारका लागि ल्याइएको थियो । अल्पाइन अस्पतालमा उपचारकै क्रममा साँझ ५ बजेतिर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

Skip This
Logo