#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31163873963984743850522761384
नेपाल641224111747846233

ताप्लेजुङ सरोकार केन्द्रले मनायो १४ औं स्थापना दिवस

काठमाडौं । ताप्लेजुङ सरोकार केन्द्र, काठमाडौंको १४ औं स्थापना दिवस तथा साधारणसभा सम्पन्न भएको छ । काठमाडौंस्थित होटल हार्दिकमा सम्पन्न साधारणसभाको प्रमुख अतिथिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई रहेका थिए ।

कार्यक्रमबाट विभिन्न व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरूमा कर्णाली प्रदेशका मुख्य सचिव केवल भण्डारी, नेपाल नर्सिङ परिषद्की बिन्दा घिमिरे, नेम्सकी प्रमिला देवान रहेका छन् ।

त्यस्तै सन् २०१९ मा कञ्चनजंघाको सफल आरोहण गर्ने ६८ जनालाई पनि सम्मान गरिएको छ । जसमा ४४ जना नेपाली र २४ जना विदेशी रहेका छन् । त्यस्तै ताप्लेजुङ जिल्लाका विभिन्न ९ वटा संघ संस्थाहरू पनि सम्मानित भएका छन् ।

सम्बन्धित समाचारहरु

ताजा समाचार