काठमाडौंको विभिन्न स्थानमा छठ पर्वको तयारी अन्तिम चरणमा

काठमाडौंको विभिन्न स्थानमा छठ पर्वको तयारी अन्तिम चरणमा


काठमाडौंको विभिन्न स्थानमा रहेको नदी तथा पोखरीहरुमा छठी माईको पूजाका लागि तयारीको काम भैरहेको छ । 

छठ पर्वको मुख्य दिन भोली (आईतबार) छठी माईको पूजाका लागि काठमाडौंको कमल पोखरी, कुपन्डोल, गौरीघाट, नागपोखरी, गहनापोखरी लगायतका स्थानहरुमा यसको तयारीको काम अन्तिम चरणमा पुगेको हो । कुपन्डोलमा तयारीको काम अन्तिम चरणमा पुगेको छठ पर्व समारोहका संयोजक सतिसकुमार झाले बताए । उनले सो ठाउँमा छठ पर्वमा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने जानकारी समेत दिए । 
 
काठमाडौंको विभिन्न १३ स्थानमा छठ पर्वको तयारी भईरहेको छ । सोही अनुसार कमल पोखरीमा पनि छठ पर्वको तयारीको काम अन्तिम चरणमा पुगेको कमलपोखरी छठ पूजा समाजका अध्यक्ष राजेन्द्र सिंहले बताए । उनका अनुसार सो तयारीका लागि काठमाडौं महानगरपालिकाले आवश्यक आर्थिक सहयोग उपलब्ध गराएको छ । 

कमल पोखरीमा छठ पूजाका लागि ७ फिट अग्लो छठी माईको मूर्ति राखिएको छ ।

सूर्य भगवानको पूजाआजा गरी अत्यन्त निष्ठापूर्वक मनाईने यो पर्वको आज दोस्रो दिन खरना मनाईदैछ । आइतबार (भोली) छठ पर्वको मुख्य दिन हो । यस अवसरमा छठको पूजा सामग्री जलासय घाटमा लगेर अस्ताउँदो सूर्यलाई अर्घ्य  दिईन्छ भने सोमबार (पर्सी) उदाउँदो सूर्यलाई अर्घ्य दिईन्छ । 

Logo