विश्व इतिहासमा आज: स्विडेनद्वारा प्यालेस्टाइनलाई मान्यतादेखि एसियालाई युरोप जोड्ने पुल

विश्व इतिहासमा आज: स्विडेनद्वारा प्यालेस्टाइनलाई मान्यतादेखि एसियालाई युरोप जोड्ने पुल


स्विडेनद्वारा प्यलेस्टाइनलाई मान्यता 
सन् २०१४ मा स्विडेनले प्यलेस्टाइनलाई मान्यता दिएको थियो । स्विडेन प्यालेस्टाइनलाई मान्यता दिने पहिलो ईयुु राष्ट्र हो । सन् १९८८ को १५ नोभेम्बरमा यासेर आराफातले प्यालेस्टाइनलाई स्वतन्त्र घोषणा गरेका थिए । त्यसको एक महिनापछि राष्ट्रसंघको महासभाद्वारा प्यालेस्टाइनलाई मान्यता दिएको थियो ।

एसियालाई युरोप जोड्ने पुल
सन् १९७३ मा टर्कीको इस्तानबुलमा पहिलो पटक बोस्फोरस पुुल सञ्चालनमा आएको थियो । एसियालाई युरोप जोड्ने उक्त पुलको निर्माण कार्य सन् १९७० को फेब्रुवरीमा सुरु भएको थियो । पुलका डिजाइनर ब्रिटिश इन्जिनियर गिलबर्टस रोबर्टस र विलियम ब्राउनले गरेका थिए ।
 
इतिहासकै ठूलो बम विस्फोट 
सन् १९६१ मा सोभियत संघले आर्कटिक सर्कलको नोभाया जेम्ल्या टापुमा रहेको मितुशिखा खाडी परीक्षण दायरामा जार बम्बा (बिग इभान)लाई विस्फोट गराएको थियो । ५७ मेगाटन क्षमताको उक्त बम १३ हजार फिटको उचाइमा विस्फोट भएको थियो ।
 
युरोपमा पहिलो अन्तरदेशीय उडान
सन् १९०८ मा फ्रान्सेली विमान चालक हेनरी फरमानले बोइबाट फ्रान्सको रेम्समा उडान भरेका थिए । १४ माइल यात्रा पूरा गर्न उनलाई करिब २० मिनेट लागेको थियो । फरमान एयरलाइन र इन्जिन निर्माण कम्पनी फरमान एभिएसन वर्कसका सह–संस्थापक थिए ।
 
राजकुमार जुआन कार्लोसको उदय
सन् १९७५ मा तत्कालीन तानाशाह जनरल फ्रान्सिस्को फ्रान्कोेलाई विस्थापित गर्दै राजकुमार जुआन कार्लोस स्पेनको कार्यवाहक राष्ट्र प्रमुख । 

Logo