प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भेट
File Photo

काठमाडौं,
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको छ । नेकपाका अध्यक्षसमेत रहनु भएका प्रधानमन्त्री ओली सिङ्गापुरबाट स्वास्थ्य उपचार गराएर शुक्रबार फर्कनु भएपछि उहाँको स्वास्थ्योपचारबारे जानकारी लिन अध्यक्ष दाहाल बालुवाटार जानु भएको हो ।

सो अवसरमा उहाँहरुबीच समसामायिक राजनीतिक विषयमा छलफल भएको दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिनुभयो । प्रधानमन्त्री ओली उपचारका क्रममा सिङ्गापुर रहँदा अध्यक्ष दाहालले सचिवालय बैठक राखेर एकताका काम समेत गर्नु भएको थियो । गतभदौ ५ गते उपचारका लागि सिङ्गापुर जानु भएका प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्कनु भएको हो ।