मनकामना दर्शनका लागि हिँडेको बस दुर्घटना: ५ जनाको मृत्यु, २५ जना घाइते

मनकामना दर्शनका लागि हिँडेको बस दुर्घटना: ५ जनाको मृत्यु, २५ जना घाइते


गोरखाको मनकामना दर्शनका लागि यात्री बोकेको बस दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ भने  २५ जना घाइते भएका छन् । 

प्रहरीका अनुसार पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीबाट मनकामनाका लागि छुटेको ना ६ ख ७५८० नम्बरको बस पूर्वीनवलपरासीको बुलिङटार गाउँपालिका–२ मथारमा दुर्घटनामा पर्दा पाँच जनाको मृत्यु र २५ जना घाइते भएका हुन् । 

दुर्घटना बिहान ४ बजे भएको हो । घाइतेको उद्धार भइरहेको र घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Skip This
Logo