लमजुङ कारागारमा रोहनराज धितालको मृत्यु

लमजुङ कारागारमा रोहनराज धितालको मृत्यु


लमजुङको जिल्ला कारागारमा एक जना कैदीको मृत्यु भएको छ । शनिबार राती २ बजे कारागारमा अचानक बेहोस भएकाले उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला कारागार लमजुङका जेलर ताराबहादुर तामाङले बताएका छन् ।

मृत्यु हुनेमा जिल्लाको दुधपोखरी गाउँपालिका–१ का अन्दाजी ३६ वर्षीय रोहनराज धिताल रहेका छन । ०७८ बैशाख १२ गते आपराधिक उपद्रव मुद्दामा पक्राउ परेका धिताललाई जिल्ला अदालत लमजुङले २०८० बैशाख १२ गतेसम्म २ बर्ष कैद फैसला गरेको थियो ।

Logo