इराकको राजधानी बग्दादमा विस्फोट, १० जनाको मृत्यु

इराकको राजधानी बग्दादमा विस्फोट, १० जनाको मृत्यु


इराकको राजधानी पूर्वी बग्दादमा भएको शक्तिशाली विस्फोटमा १० जनाको मृत्यु भएको छ । साथै २० भन्दा बढी घाइते भएका छन् । 

सुरुमा फुटबल रंगशाला र क्याफे नजिकैको ग्यारेजमा एउटा गाडीमा विस्फोटक पदार्थ पड्किएको थियो । त्यसपछि नजिकै रहेको ग्यास ट्यांकरमा अर्को विस्फोट भएको थियो । मृत्यु हुनेमा अधिकांश फुटबल खेलाडी रहेको जनाइएको छ । विस्फोटबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
एजेन्सी 
 

Logo