#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31944637978179743704323529415
नेपाल678044361741449954

कोरियाले उपत्यकाको पुनःनिर्माण र स्मार्टसिटी विकासमा सहयोग गर्ने

काठमाडौं,

दक्षिण कोरियाले काठमाडौँ उपत्यकाका प्राचीन बस्ती पुनःनिर्माण र स्मार्टसिटीको विकासका लागि सहयोग गर्ने भएको छ । कोरियाले उपत्यकाका साँखु, बुङ्मती र खोकनाको परम्परागत बस्तीको पुनःनिर्माण गर्न तथा सो सँग जोडिएका क्षेत्रहरुमा स्मार्टसिटी बनाउनका लागि सहयोग गर्न लागेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।

पुनःनिर्माण तथा स्मार्टसिटी निर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, काठमाडौँ उपत्यका विकास प्राधिकरण र सियोल हाउजिङ एण्ड कम्युनिटी कर्पोरेसनबीच कोरियाको सियोलमा सो सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले उक्त समझदारी काठमाडौँ उपत्यकाका प्राचीन बस्तीको संरक्षण गर्न तथा नयाँ शहरको विकासका लागि कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।

सियोल हाउजिङ एण्ड कम्युनिटी कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत सी योङ कीमले शहरी क्षेत्रको पुनःनिर्माण तथा स्मार्टसिटीहरुको विकासका सन्दर्भमा कोरियाले प्राप्त गरेको ज्ञान तथा अनुभव नेपाललाई बाँड्न पाउँदा खुशी लागेको बताउनुभयो ।

सियोल हाउजिङ एण्ड कम्युनिटी कर्पोरेसन सियोल महानगरपालिका अन्तर्गत सियोल क्षेत्रमा नयाँ शहरहरुको विकास गर्न तथा आवासहरुको निर्माणका लागि स्थापना गरिएको निकाय हो ।
रासस

सम्बन्धित समाचारहरु