भुसालको टिप्पणीः ‘प्रधानमन्त्री बनेपछि ओलीमा दम्भ बढ्याे, हामीलाई कमिला ठान्नु भाे’

भुसालको टिप्पणीः ‘प्रधानमन्त्री बनेपछि ओलीमा दम्भ बढ्याे, हामीलाई कमिला ठान्नु भाे’


नेकपा (एमाले)का पूर्वउपमहासचिव घनश्याम भुसालले केपी ओलीसँग नैतिकता नै नभएको टिप्पणी गरेका छन् । नैतिकता भएको भए आफैंले विघटन गरेको संसद पुनस्र्थापित भएपछि उनले प्रधानमन्त्रीबाट मात्र नभई सांसदबाटै राजीनामा दिनुपर्नेमा त्यसो नगरेको उनको भनाई थियो । 

आईतबार रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आयोजित एक कार्यक्रममा बोल्दै भुसालले ओलीलाई जनताको अधिकार सुनिश्चित गरिएको संविधानलाई नै इन्कार गरेपछि आफूहरुले त्यसको विरुद्धमा आन्दोलन गर्नु परेको जिकीर समेत गरे । सत्तारुढ गठबन्धनको साथ लिएर रुपन्देही क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवार बनेका उनले ओलीमा पछिल्लो पटक प्रधानमन्त्री बनेपछि दम्भ चढेको र त्यसले संविधानमाथि नै आक्रमण गरेपछि आफूहरुले विरोध गर्नु परेको उल्लेख गरे । 

उनले भने, ‘पछिल्लो पटक जब उहाँ प्रधानमन्त्री हुनु भयो । उहाँले त के ठान्नु भयो भने यी सब कमिला हुन् । यी पार्टीका पनि कमिला बराबर नै हुन् । यी जनता भनेका, अरु पार्टी भनेका काँग्रेस भनेका यी छिचिमिरा हुन् । यीनको काम छैन भन्ने हिसाबले सोच्नु भयो । संसारमा कोही छ भने म छु । कोही प्रतापी छ भने म छु । कसैसँग त्यो सामथ्र्य छ भने त्यो मसँग छ । मसँग जति यो सामथ्र्य, बुद्धि, क्षमता यो धर्तीमा कसैसँग पनि छैन भन्ने त्यो अभिमान विकसित भयो । र, उहाँलाई एक खालको भन्ने हो भने उहाँलाई हनुमान नाच्ने हुन्छ नि एउटा झाक चल्ने, राजनीतिक भयंकर ठूलो हनुमान झाक चल्यो उहाँलाई । अनि, त्यो हनुमान नाच्नेले गर्छन नि त्यो फलफूल भाँच्छ, के गर्छ । त्यस्तै औदान उहाँले गर्न थाल्नु भयो । र, नेकपा एमालेमा त समस्या बनाउनु भएको थियो थियो । उहाँले संविधानमाथि पनि आक्रमण गर्न थालेपछि, संसदमाथि पनि आक्रमण गर्न थालेपछि ओलीजीको समस्या एमालेले त व्यहोरेको थियो थियो । अव मुलुकले पनि समस्या व्यहोर्न थाल्यो । उहाँले संसद विघटन गरिदिनु भयो । त्यो संविधान यत्रो रगत, पसिना बगाएर ल्याएको संविधान छ जनताले ७० वर्षसम्म लडेर ल्याएको । त्यसो भएपछि हामीले उहाँको विरोधमा उत्रनुपर्ने भयो ।’

उनले अगाडि थपे, ‘संविधान भनेर त्यो कागजको खोष्टो मात्र होइन । त्यहाँ त हाम्रो देशको मात्रै नभएर दक्षिण एशीयाकै राम्रो संविधान त्यस्तो संविधान माथि नै उहाँले बर्खिलाप गरेपछि अव हाम्रो अगाडि कस्तो अप्ठ्यारो भयो भन्दाखेरी यात केपीजी चुन्नुपर्ने भो वा संविधान चुन्नुपर्ने भो । अनि, हामी सडकमा निक्लनुपर्ने अवस्था आयो । केपी ओलीजीलाई छोडेर उहाँको दम्भ, अहंकार त्यसलाई इन्कार गरेर, तिरस्कार गरेर, त्यसलाई खारेज गरेर हामी सडकमा निक्लनुपर्ने भो र हामीले आन्दोलन ग-यौं । अदालतमा मुद्धा चल्यो । अदालतले संसदलाई पुनस्र्थापित गरिदियो । संसदलाई पुनस्र्थापित गरिदिएपछि कोही पनि थोरै पनि नैतिकता भएको मान्छे हुन्थ्योभने आफैले विघटन गरेको संसदको त्यो संसद पुनस्र्थापित भएपछि त उहाँले प्रधानमन्त्रीबाट होइन कि सांसदबाटै राजीनामा दिनुपर्दथ्यो । तर, दिनु भएन ।’

Logo