चीनद्वारा पाकिस्तानलाई एक हजार भेन्टिलेटर सहयोग प्रदान

चीनद्वारा पाकिस्तानलाई एक हजार भेन्टिलेटर सहयोग प्रदान


काठमाडौं ।

चीनले पाकिस्तानलाई सहयोगस्वरुप एक हजार भेन्टिलेटर उपलब्ध गराएको छ ।

पाकिस्तानी राष्ट्रिय प्रकोपको व्यवस्थापन व्युरोका प्रमुख मुहाम्मद अफजारले हालै पाकिस्तानको राजधानीमा भएको एक कार्यक्रममा चीन सरकार र चिनियाँ जनताप्रति कृतज्ञता ज्ञापन गरेका छन् ।

अफजारले उक्त हस्तान्तरण समारोहमा चीन सरकार र चिनियाँ जनताले कोरोना भाइरस महामारी बिरुद्ध पाकिस्तानलाई निरन्तर र ठूलो सहायता दिएको भन्दै पाकिस्तानलाई महामारीको रोकथाम तथा नियन्त्रण गर्न महत्वपूर्ण सहयोग गरेको बताए।

पाकिस्तानका लागि चिनियाँ राजदूत याउ चिङले चीन सरकारले पाकिस्तानलाई महामारीको बिरुद्धका कार्यमा महत्व र समर्थन दिएको कुरा बताए ।

पाकिस्तानका लागि चिनियाँ राजदूतावासको तथ्याङ्क अनुसार, चालु वर्ष यता चीन सरकारले एकपछि अर्को गरी पाकिस्तानलाई सात पटक स्वास्थ्यसामग्री उपलब्ध गराएको छ । ती सामग्रीमा मास्क, सुरक्षा पोशाक, भेन्टिलेटर, सुरक्षित चश्मा, पन्जा लगायतका समावेश छन् ।रासस

Logo