काठमाडौंमा घरको झ्यालबाट खसेर २ वर्षकी बालिकाको मृत्यु

काठमाडौंमा घरको झ्यालबाट खसेर २ वर्षकी बालिकाको मृत्यु


काठमाडौंको बागबजारमा एक घरको झ्यालबाट खसेर दुई वर्षकी बालिकाको मृत्यु भएको छ। आइतबार बेलुकी करिब ९ बजे बागबजारको एक घरबाट खसेर २ वर्षीया बालिकाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।  

नानीदेवी महर्जनको घरको पाँचौं तलाको झ्यालबाट खसेर रियासा महर्जनको मृत्यु भएको छ । झ्यालबाट खसेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो। उपचारका क्रममा उनको आइतबार राति १२:४० मा मृत्यु भएको प्रहरीले जनाएको छ । ।

घटनाको अनुसन्धान प्रहरी वृत्त कमलपोखरीले गरिरहेको छ । 

Logo