एसीसी यू -१९ एसिया कप : आज नेपाल र बंगलादेशबीच खेल हुने

काठमाडौँ,

श्रीलंकामा जारी एसीसी यू १९ एसिया कप क्रिकेटमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र बंगलादेशबीचको खेल बिहान सवा १० बजेदेखि सुरु हुने तालिका छ ।

पहिलो खेलमा घरेलु टोली श्रीलंकासँग ५ विकेटले पराजित भएको नेपाललाई सेमिफाइनल पुग्ने सम्भावना बनाइराख्न बंगलादेशसँगको आजको खेल जित्नै पर्ने दबाब छ । यदि नेपाल बंगलादेशसँग पराजित भएमा सेमिफाइनल पुग्ने सम्भावना सकिनेछ । पहिलो खेलमा बंगलादेशले यूएईलाई पराजित गरेको थियो ।

त्यसैले श्रीलंकाले यूएईलाई र नेपालले बंगलादेशलाई पराजित गरे अन्तिम खेल अगावै नेपाल र यूएई प्रतियोगिबाट बाहिरिने छन् ।