राजनैतिक दलरहित संवैधानिक परिषद् निर्माण गर्ने राप्रपाको संकल्प

राजनैतिक दलरहित संवैधानिक परिषद् निर्माण गर्ने राप्रपाको संकल्प


राप्रपाले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । 

काठमाडौंमा सोमबार सार्वजनिक गरेको घोषणापत्रमा राप्रपाले राजनैनिक दलरहित संवैधानिक परिषद् निर्माण गर्ने बताएको छ । निष्पक्ष रुपका कार्यसम्पादन गर्न राजनैनिक दलरहित  संवैधानिक परिषद् निर्माण गर्ने बताएको राप्रपाले घोषणापत्रमा उल्लेख गरेको छ- 

– राजनैतिक दलरहितत संवैधानिक परिषद् निर्माण

–संवैधानिक अंगहरुलाई संविधानको मर्म र भावनाअनुसार सञ्चालन गर्न, योग्यता, क्षमताको आधारमा संवैधानिक नियुक्तिको व्यवस्था गरी, राजनैतिक हस्तक्षेपबाट मुक्त तुल्याई, निष्पक्षतापूर्वक कार्यसम्पादन

–न्यायालयमा देखिएको विकृति, विसंगति अन्त्य गर्न, गुमेको विश्वसनीयता पुनर्स्थापित गर्न र पूर्ण न्यायिक बनाउन न्यायपालिकाको पुनर्संरचना

– नीतिगत तथा कार्यगत क्षेत्रमा देखिएका भष्टाचार तथा अनाचार अन्त्य गर्न, स्वार्थको द्वन्द्व सम्बन्धी कानुन जारी 

Logo