सडकमा गुडिरहेको ट्याक्टर घरभित्रै पसेपछि….

तुलसीपुरमा ट्याक्टरले किच्दा एक बालकको ज्यान गएको छ।  तुलसीपुर उपमहानगरपालिका–६ भगवती टोलका १३ वर्षीय अनिल बिकको ज्यान गएको हो ।

शनिबार राति मदिराले मातेका चालक ५२ वर्षीय कामी चौधरीले चलाएको ट्याक्टरले किच्दा बिकको  ज्यान गएको हो । चौधरीले चलाएको रा १ त २६३१ नम्वरको ट्रयाक्टर  सडकबाट चिप्लिएर घरभित्रै छिरेर बालकलाई किचेको थियो ।

गम्भीर घाइते बिकको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा शनिवार राति ८ बजे मृत्यु भएको तुलसीपुर प्रहरीले जनाएको छ। ट्याक्टरले घरको सटरसमेत भत्काएको स्थानीयले बताएका छन् ।

विक स्थानीय डिभाईन टेम्पल बोर्डिङ  स्कूलमा कक्षा ७ मा अध्यनरत थिए । दुर्घटना लगतै भाग्न खोजेका चालकलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।

ताजा समाचार

सडकमा गुडिरहेको ट्याक्टर घरभित्रै पसेपछि….