दशैंको टीकाको साइत १० बजेर ३५ मिनेटमा (भिडियोसहित)

यस वर्षको दशैंको टीकाको साइत बिहान १० बजेर ३५ मिनेटमा जुरेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका ध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले टीकाको साइत असोज २१ गते मंगलबार बिहान १० बजेर ३५ मिनेटमा रहेको जानकारी दिए । गौतमले घटस्थापनाको साइत भने असोज १२ गते आइतबार बिहान १० बजेर ३५ मिनेटमा रहेको बताए।

असोज १३ सोमबार नेपाली सेनाको झण्डा फर्ने साइत बिहान १० बजेर २५ मिनेटमा रहेको र सेनाले पश्चिम फर्केर झण्डा फेर्दा राम्रो हुने उनले जानकारी दिए ।  यसैगरी १६ गते पचली भैरव यात्रा र १८ गते शनिबार फूलपातीको दिन तुलजा भवानी यात्रा बिहान ८ बजेर ५२ मिनेटमा गराउँदा उत्तम हुने गौतमको भनाइ छ ।