एसिड हान्नेलाई मृत्युदण्ड दिन सांसदहरुको माग (भिडियोसहित)

संघीय संसदको प्रतिनिधिसभामा किशोरीमाथि एसिड आक्रमणका घटना बढ्दै गएको भन्दै कडा कदम चाल्न सरकारको ध्यानाकर्षण गराईएको छ ।

प्रतिनिधिसभाको आईतबारको बैठकमा समय लिएर बोल्दै सांसद सांसद जुली कुमारी महतोले एसिड आक्रमणका घटना नियन्त्रण गरि महिलाको सुरक्षाका लागि कडा कानुन बनाउन सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

सांसद महतोले महिलाको सुरक्षाका लागि थप संवेदनशील बन्दै दोषीलाई पक्राउ गरि कडा कारवाही गर्न पनि माग गरिन्  । सांसद महतोले भन्नुभयो “महिलाको सुरक्षाको लागि कडा कानुन ल्याउन आवश्यक छ । प्रदेश २ मा छोरीमाथि एसिड आक्रमणका घटना धेरै पटक भएकाले रोक्न कडा कदम चाल्नुपर्ने जरुरी छ । प्रदेश २ को सरकारले बेटी बढाउ बेटी जोगाउ अभियान जोडतोडले लागु गरेको छ । बेटी नै बाचेनन् भने पढाई वेटी जोगाउ अभियानको औचित्य हुने छैन ।”

त्यसैगरी बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले एसिड आक्रमणबाट घाईते भएकी मुस्कान खातुनको निशुल्क उपचारको व्यवस्था गरी दोषीलाई कडा कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद नरमाया ढकालले एसिड आक्रमणको घटनाको भत्र्सना गर्दै दोषिलाई नियन्त्रणमा लिई तत्काल कानुनी कारवाही गर्न माग गर्नुभयो । सांसद पार्वता डिसी चौधरी मुस्कान खातुनको सम्पुर्ण उपचार खर्च व्यहोर्दै दोषीलाई कडा कारवाही गर्न सरकारको ध्यानाकर्षण गराइन्  ।

सांसद पुष्पा कुमारी कर्ण कायस्थले कहिलेसम्म बालिकाले असुरक्षित जीवन जीउन बाध्य हुने भन्दै कानुन संसोधन गरेर भएपनि एसिड आक्रमण गर्ने दोषीलाई मृत्यु दण्डको व्यवस्था गर्न माग गरिन् ।

भदौ २० गते शुक्रबार बिहान विद्यालय जादै गर्दा विरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाकी १५ बर्षिया मुस्कान खातुनमाथि एसिड आक्रमण भएको थियो । उनको अहिले काठमाण्डौको र्कितिपुर अस्पतालमा उपचार भईरहेको छ ।

थप भिडियोमा