यू–१९ एसिया कपः दोस्रो खेलमा पनि नेपाल पराजित, खेलबाट बाहिरियो

काठमाडौं । नेपाल एसीसी यू–१९ एसिया कप प्रतियोगिताबाट बाहिरिएको छ । आफ्नो दोस्रो खेलमा पनि पराजित भएसँगै लगभग प्रतियोगिताबाट बाहिरिएको हो । नेपालले अब आफ्नो अन्तिम खेल यूएईसँग खेल्नेछ । आइतबार ब‌ंगलादेशविरुद्धको खेलमा नेपाल ६ विकेटले पराजित भयो ।

२६२ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको बंगलादेशले ४९.२ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य भेट्टायो । बंगलादेशको जितका लागि अकबर अलीले उत्कृष्ट ब्याटिङ गर्दै ९८ रनमा अविजित रहे । त्यस्तै, टवहिद हरिदोयले ६०, महमुदुल हसन जोयले ४०, शामिम हुसेनले अविजित रहँदै ४२ रन जोडे ।

१९ रन हुँदा बंगलादेशले दुई विकेट गएको थियो । नेपालका लागि कमलसिंह ऐरीले २, हरिबहादुर चौहान र राशिद खानले समान १–१ विकेट लिए ।

यसअघि श्रीलंकाको पी सारामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २६१ रन बनाएको थियो । टेष्ट मान्यताप्राप्त देशविरुद्ध बलियो स्कोर बनाउने क्रममा पवन शरार्फले ८१ र सन्दीप जोराले ५६ रन बनाएका थिए ।

यो हारसँगै नेपाल यू–१९ एसिया कपबाट बाहिरिदा बंगलादेश भने सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले अब समूह चरणको अन्तिम खेलमा यूएईसँग प्रतिस्पर्धा गर्नेछ ।