#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31370823966884746583222938107
नेपाल652764271761147238

जब चिनियाँ विदेशमन्त्री सवार जहाज आकाशमै होल्ड गरियो

चीनको ‘स्टेट काउन्सिलर’ एवं विदेशमन्त्री वाङ यी नेपालको तीन दिवसीय औपचारिक भ्रमणका क्रममा आइतबार नेपाली भूमि टेक्दै । तस्वीरः नवीन पौडेल/रासस

काठमाडौं । आइतबार दिउँसो चार बजे चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौं आइपुग्ने कार्यकार्य थियो । पूर्व निर्धारित कार्यतालिका अनुसार नेपाली अधिकारीले तयारी थालेका थिए । उनी चीनबाट नभई पाकिस्तानको राजधानी इस्लामाबादबाट काठमाडौं आउँदै थिए ।

दिउँसो ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम भए पनि वाङ साँझ सवा ६ बजेमात्र विशेष विमानमार्फत् काठमाडौं ओर्लिए । मौसम खराबी कारण वाङ यी चढेको विमान केही समय आकाशमै होल्ड भएको थियो ।

उनी शनिबार पाकिस्तानको राजधानी इस्लामावादमा चीन–पाकिस्तान–अफगानिस्तान त्रिदेशीय विदेशमन्त्री स्तरीय बैठकमा सहभागी थिए। संविधान जारीपछि निर्वाचन भएर बलियो सरकार बनेपछि उत्तरतर्फबाट नेपालमा भएको उच्चस्तरको भ्रमण हो।

राज्यपरिषद् सदस्यसमेत रहेका उनी यसअघि २०७२ को महाभूकम्पपछि आयोजित दाता सम्मेलनमा सहभागी हुन काठमाडौं आएका थिए। उनले त्यतीबेला टुँडिखेलमा रहेका भूकम्पपीडितसँग अन्तरक्रिया समेत गर्दै भूकम्पको पीडालाई नियालेका थिए।

वाङ विमानस्थलबाट सिधै होटल द्वारिका गएका छन्। आइतबार साँझ र सोमबार बिहान वाङको कार्यक्रम चिनियाँ दूतावासले आयोजना गरेका आन्तरिक ब्रिफिङ र दिवा भोजमा केन्द्रित हुनेछ। त्यसपछि उनले सोमबार नेपाली पक्षसँग दुईपक्षीय औपचारिक वार्ता गरेर भेटघाटमा समय दिनेछन्।

यस्तो विदेशमन्त्री वाङको कार्यतालिकाः

सोमबार साढे तीन बजेदखि पाँच बजेसम्म नेपाल र चीनबीच दुईपक्षीय मन्त्रीस्तरीय वार्ता हुनेछ। नेपाली प्रतिनिधि मण्डल र चिनियाँ प्रतिनिधि मण्डलबीच होटल याक एण्ड यतीमा वार्ता हुनेछ । त्यसलगत्तै दुई पक्षीय प्रतिनिधि मण्डलबीचमा दुई सम्झौतामा हस्ताक्षर हुनेछ। बैठक सकिए लगत्तै वाङ प्रधानमन्त्री केपी ओली भेट्न बालुवाटार जानेछन् ।

दुवै जनाबीच एक घण्टा शिष्टाचार भेटवार्ता हुनेछ । उनले प्रधानमन्त्रीलाई एक्ला एक्लै भेट्ने कार्यक्रम छ । प्रधानमन्त्रीसँग भेट सकिएपछि राष्ट्रपतिलाई भेट्न शीतल निवास जानेछन् । उनले राष्ट्रपतिसँग ३० मिनेट शिष्टाचार भेट गर्नेछन् ।

राष्ट्रपति भेटपछि उनी नेपाल समकक्षी प्रदीप ज्ञवालीले दिने रात्री भोज (बैक्युट) मा सहभागी हुनेछन्। रात्री भोजको कार्यक्रम याक एण्ड यति होटलमा तय भएको छ। उनले त्यहाँ एक घण्टा भन्दा बढी समय बिताउने र त्यसपछि सिधै द्वारिक आएर आराम गर्ने कार्यक्रम छ।

त्यसपछि उनले मंगलबार राजनीतिक भेट गर्नेछन् । राजनीतिक भेटघाटको कार्यक्रम नक्सालको मेरियट होटलमा तय भएको छ । उनले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष दलका नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई मंगलबार बिहान मेरियट होटलमा छुट्टा छुट्टै भेट्ने कार्यक्रम छ।

दुवै नेतालाई आधा आधा घण्टा भेट्ने छन् । उनीहरुलाई भेटेपछि वाङ द्वारिका होटल फर्कने छन्। द्वारिकामा लन्च गरेर उनी बेइजिङ फर्किने कार्यक्रम रहेको छ । त्यसअघि पूर्वप्रधानमन्त्री र केही मधेसवादी दलका नेतासँग उनले परराष्ट्रमन्त्रीले दिएको रात्री भोजमा नै सामूहिक भेट गर्ने कार्यतालिका रहेको छ ।

चिनियाँ विदेशमन्त्री वाङ काठमाडौंमा, परराष्ट्र सचिवले गरे स्वागत

सम्बन्धित समाचारहरु