चितुवाको आक्रमणबाट एक बालकको मृत्यु

चितुवाको आक्रमणबाट एक बालकको मृत्यु


तनहुँमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । ब्यास नगरपालिका १२ छिर्केनेमा मंगलबार साँझ चितुवाले आक्रमण गर्दा ८ वर्षीय अभिनव कुँवरको ज्यान गएको हो ।

उनी साँझ ६ः३० बजे घर नजिकै बसिरहेका समय चितुवाको आक्रमणमा परेका थिए । गत कार्तिक ४ गते पनि बन्दीपुर गाउँपालिका–३ सिस्नेघारीमा चितुवाको आक्रमणबाट ११ वर्षीय विना चेपाङको मृत्यु भएको थियो ।

तनहुँको बन्दिपुर, भानु र ब्यासमा चितुवाको आक्रमण बढ्दो छ । नियन्त्रणका लागि तत्काल उपयुक्त कदम चाल्न प्रशासनलाई आग्रह गरे पनि गम्भीर नबनेको स्थानीयको गुनासो छ ।

चितुवाले बालबालिका लक्षित आक्रमण तीब्र बनाएपछि स्थानीय भववित छन् । तनहुँमा मात्रै पछिल्लो समय दर्जनभन्दा बढी बालबालिकाले ज्यान गुमाईसकेका छन् । केही घाइते भएका छन् ।

Logo