#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31035726962188744206322631475
नेपाल627974011712945267

चिनियाँ विदेशमन्‍त्री काठमाडौंमा : यस्तो छ तीन दिने बसाइको तालिका

काठमाडौं,

चिनियाँ विदेशमन्त्री तथा राज्यपरिषद् सदस्य वाङ यी काठमाडौं आइपुगेका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उनलाई परराष्ट्र सचिव शंकरदास वैरागीले स्वागत गरे । वाङ पाकिस्तानको राजधानी इस्लामावादबाट विशेष विमानमा भारतीय आकाश हुँदै काठमाडौं आइपुगेका हुन् । मौसम खराब हुँदा चिनियाँ विदेशमन्त्री वाङ यी चढेको विमान केही समय आकाशमै होल्ड भएको थियो ।

चीन र नेपालबीच हिमालय सीमापार बहुआयामिक सम्पर्क सञ्जाल अन्तर्गत रेलमार्ग निर्माण तथा परस्परमा सम्पर्क विस्तारको विषयमा परियोजना चयन गर्ने बताइएको छ। विदेशमन्त्री वाङ उपप्रधानमन्त्री भन्दा माथिल्लो हैसियतमा हुने हुनाले पनि नेपालले उनको भ्रमणलाई निकै महत्व दिएको छ। वाङ होटल द्वारिकामा बस्नेछन् । औपचारिक वार्ता याक एण्ड यति र राजनीतिक वार्ता मेरिअट होटलमा हुनेछ।

वाङको कार्यतालिका
आइतबार

वाङ विमानस्थलबा होटल द्वारिका गएका छन् । आइतबार साँझ र सोमबार बिहान वाङको कार्यक्रम चिनियाँ दूतावासले आयोजना गरेका आन्तरिक ब्रिफिङ र दिवा भोजमा केन्द्रित हुनेछ। त्यसपछि उनले नेपाली पक्षसँग दुईपक्षीय औपचारिक वार्ता गरेर भेटघाटमा समय दिनेछन्।

सोमबार

सोमबार साढे तीनदेखि पौने पाँचसम्म नेपाल र चीनबीच दुईपक्षीय मन्त्रीस्तरीय वार्ता हुनेछ । नेपाली प्रतिनिधि मण्डल र चिनियाँ प्रतिनिधि मण्डलबीच होटल याक एण्ड यतीमा वार्ताको तयारी छ । त्यस लगत्तै दुई पक्षीय प्रतिनिधि मण्डल बीचमा दुई सम्झौतामा हस्ताक्षर हुनेछ । सामान्य सहयोग सम्बन्धी सम्झौता रहेको बताइएको छ । बैठक सकिए लगत्तै वाङ प्रधानमन्त्री केपी ओली भेट्न बालुवाटार पुग्नेछन् । त्यो भेटको लागि एक घण्टा समय छुट्याइएको छ । उनले त्यहाँ प्रधानमन्त्रीसँग एक्ला एक्लै पनि भेट्ने कार्यक्रम छ।

प्रधानमन्त्रीसँगको भेट सकिएपछि उनी राष्ट्रपतिलाई भेट्न शीतल निवास पुग्नेछन् । त्यहाँ पनि उनलाई ३० मिनेटको समय दिइएको छ। राष्ट्रपति भेटपछि उनी नेपाल समकक्षी प्रदीप ज्ञवालीले दिने रात्री भोजमा सहभागी हुनेछन् । रात्रीभोजको कार्यक्रम याक एण्ड यति होटलमा तय भएको छ । उनले त्यहाँ एक घण्टा भन्दा बढी समय बिताउने र त्यसपछि सिधै द्वारिका होटलमा आएर आराम गर्ने कार्यक्रम छ।

मंगलबार

राजनीतिक भेटघाटको कार्यक्रम नक्सालको मेरियट होटलमा गर्ने तय भएको छ । उनले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष दलका नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई मंगलबार बिहान मेरियट होटलमा छुट्टा छुट्टै भेट्ने कार्यक्रम छ। दुवै नेतालाई आधा आधा घण्टा भेट्ने बताइएको छ। उनीहरुलाई भेटेपछि वाङ द्वारिका होटल फर्कने छन्। द्वारिकामा लन्च गरेर उनी बेइजिङको लागि एअरपोर्ट पुग्ने कार्यक्रम छ। पूर्वप्रधानमन्त्री र केही मधेसवादी दलका नेतासँग उनले परराष्ट्रमन्त्रीले दिएको रात्री भोजमा नै सामूहिक रुपमा भेट गर्नेछन्।
अन्नपूर्णबाट

सम्बन्धित समाचारहरु