पर्सामा थप ४७ जना संक्रमित थपिए

पर्सामा थप ४७ जना संक्रमित थपिए


पर्सा ।

पछिल्लो समय कोरोना संक्रमितको उच्च जोखिममा रहेको पर्सामा आज थप ४७ जना कोरोना संक्रमित देखिएका छन् ।

शनिबार साँझ गरिएको परीक्षणको आज विहान आएको रिपोर्ट अनुसार पर्सा र बारामा गरि ४७ जनामा संक्रमण पुष्टि भएको हो । जस मध्ये १० जना महिला छन् ।

उनीहरुको नारायणी अस्पतालको प्रयोगशालामा पिसिआर परीक्षण गरिएको थियो ।

आज देखिएका मध्ये वीरगन्जका मात्र २० जना, बाराका ३ जना, नारायणी अस्पतालका ४ जना र पोखरियाका १२ जना छन् । पर्सागढीका २ जना र अन्य ६ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

Logo