अब लाखौं जितेर भाग्यको कायापलट गर्न २ दिन मात्र बाँकी

अब लाखौं जितेर भाग्यको कायापलट गर्न २ दिन मात्र बाँकी


नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले नेपालीहरुको महान चाड दशैं, तिहार तथा छठ पर्वहरुलाई मध्यनजर गर्दै सार्वजनिक गरेको ‘कायापलट’ नामको विशेष योजना समाप्त हुन अब २ दिन मात्र बाँकी रहेको छ । 

टीभीएसका कुनै पनि दूई पांग्रे सवारी साधन खरिदमा यस योजनाको भरपुर लाभ लिन र बम्परमा ५० लाखको नगद उपहार प्राप्त गर्न सकिनेछ । यो योजना मार्फत धेरै ग्राहकहरुले नगद पुरस्कार तथा उपहारहरु पाउन सफल भइसकेका छन् । नकिन्दै एक लाख, किन्दा दश लाखसम्म प्रप्त गर्नुको साथै  हरेक हप्ता एक खरिदकर्ताले सम्पूर्ण नगद फिर्ता पाउने व्यवस्था यो योजनामा गरिएको थियो । साथै एक भाग्यशाली विजेताले रियल्मी सी३० स्मार्ट फोन र २५% डाउनपेमेन्ट र रु ४,२७७ को मासिक  ईएमआइमै बाइक तथा स्कुटर पाउन सक्ने प्रावधानहरु पनि यस योजनामा समावेश छन् । 

जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दूई पांग्रे सवारी साधनका लागि एकमात्र आधिकारिक वितरक हो । कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथै टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न सफल छ । गुणस्तरीय उत्पादनहरु, बिक्रीपश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धता मार्फत उपभोक्तालाई दिइएको उच्चत मसन्तुष्टिका कारण टीभीएस नेपालको सर्वाधिक रुचाइएको टू–ह्विलर ब्राण्डका रुपमा स्थापित छ ।  

Skip This
Logo