मन्त्री नै हेलमेटविना बाइकमा सरर…

मन्त्री नै हेलमेटविना बाइकमा सरर…


निजगढ नगरपालिका-१ स्थित सिंगैलमा चुनावी प्रचार प्रसार गर्न मोटरसाइकलमा आएका थिए बारा-१ का उम्मेदवार तथा बहालवाला खानेपानी मन्त्री उमाकान्त चौधरी । उनी सवार मोटरसाइकलका चालकले हेलमेट नै नलगाई सवारी चलाएका थिए । 

मन्त्रीकाे यस्ताे व्यवहार देखेर मतदाताहरूले नियम कानुनले 'ठुलाबडा'लाई नछुने हाे की के हाे भनेर प्रश्न समेत गरेका छन् ।  निजगढबाट सिंगैल जाने क्रममा मन्त्रीले ट्राफिक नियम विपरित हेलमेट नलगाइएको मोटरसाइकलमा सवार भईरहँदा प्रहरीले समेत उनलाई राेकेन ।

यसअघि मन्त्री चौधरीलाई निर्वाचन आयोगले चुनाव प्रचार–प्रसारमा सरकारी गाडी दुरुपयोग गरेको  भन्दै स्पष्टीकरणसमेत सोधिसकेको छ । उनी बारा –१ बाट प्रतिनिधिसभाका लागि गठबन्धनका साझा उम्मेदवार हुन्। 

Logo