माइक्रोबसको विकल्पमा सीजी मोटोर्सले ल्यायो विद्युतीय भ्यान

माइक्रोबसको विकल्पमा सीजी मोटोर्सले ल्यायो विद्युतीय भ्यान


विश्वकै बहुचर्चित निटा र ओला गाडीपछि सीजी मोटोर्सले चाङगनको विद्युतीय भ्यान नेपालमा ल्याएको छ।

पेसेन्जर कार सेग्मेंटमा निटा भी को सफलतापछि सीजी मोटोर्सले पहिलो चरणमा लाइट कमर्सिअल सेग्मेन्ट अन्तर्गत चाङगनको भी-५ मोडल नेपाल भित्र्याएको हो । केही समयमै भी-७ पनि भित्रयाउने योजना सीजीको छ ।

सीजी मोटोर्सले विद्युतीय सवारी भित्र्याउने क्रम बढाएसँगै चार्जिङ पूर्वाधारलगायत आवश्यक सेवा सुविधा बिस्तारलाई उच्च प्राथमिकता दिएको जनाएको छ।

इन्धनको बढ्दो मूल्यवृद्धिपछि नेपालमा विद्युतीय सवारी साधनको माग बढ्दो छ । उपभोक्ताको यहीँ चाहानालाई ध्यानमा राखेर सीजीले मध्यम तथा सानो दुरीमा इन्धनबाट चल्ने माइक्रोलाई विस्थापन गर्ने वैकल्पिक सवारी साधनका रूपमा चाङगनको विद्युतीय भ्यानलाई प्राथमिकता दिएको हो ।

के छन् त भी-फाइभ ईभी भ्यानका विशेषता ?

यो भ्यान निकै बलियो छ । यो भ्यानले एक पटकको फुल चार्जमा ३०० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ। ११ सिट क्षमताको यो भ्यान मध्यम तथा छोटो दुरीमा यात्रु ओसारपसार गर्नका लागि उपयुक्त हुनेछ।

  • ह्वील बेस- २९३० एमएम
  • जीभीडब्लू- २६00 केजी
  • सिट क्षमता- ११
  • नर्मल चार्जिङ पावर- ६.६ केडब्लू
  • चार्जिङ टाइप- युरो स्ट्यान्डर्ड (सीसीएसटू)
  • ब्याट्री पावर- ४१.८६ केडब्लूएच (सीएटीएल)
  • माइलेज- ३०० किलोमिटर
  • अधिकतम गति- १०० किलोमिटर प्रतिघण्टा
  • ग्राउन्ड क्लियरेन्स- १७५ एमएम
  • ब्रेकिङ सिस्टम- फ्रन्ट डिस/रेयर ड्रम

Logo