चुनावी नतिजाको विरोध गरिरहेका ट्रक चालकहरूलाई सडक खाली गर्न बोल्सोनारोले गरे अपील

चुनावी नतिजाको विरोध गरिरहेका ट्रक चालकहरूलाई सडक खाली गर्न बोल्सोनारोले गरे अपील


ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले आइतबारको चुनावी नतिजाको विरोध गरिरहेका ट्रक चालकहरूलाई सडक खाली गर्न र अन्यत्र विरोध प्रदर्शन गर्न अपील गरेका छन् ।

बोल्सोनारोका वामपन्थी प्रतिद्वन्द्वी लुलाले चुनाव जितेको घोषणा गरेपछि अति दक्षिणपन्थी राष्ट्रपतिका समर्थकहरूले ब्राजिलभरि सयौं सडक अवरोधहरू खडा गरेका छन् । बोल्सोनारोले सडक अवरुद्ध गर्नु “वैध“ विरोधको अंश नभएको बताए । उनले मानिसहरूलाई प्रदर्शनका अन्य तरिकाहरू छनौट गर्न प्रोत्साहित गरे । 

यसैबीच ७७ वर्षीय लुलाले आफूलाई मतदान गर्ने मात्र नभई सम्पूर्ण ब्राजिलियनहरुलाई सेवा गर्ने प्रतिबद्धता जनाएका छन् । भ्रष्टाचार अभियोगमा उनी १८ महिना जेल परेका थिए । तथापि उनको लोकप्रियता खासै खस्किएको थिएन जुन पछिल्लो मत परिणामले देखाएको छ ।

एजेन्सी  

Logo