जुम्लामा सेनाको हेलिकोप्टरमार्फत् मतपत्र धुवानी

जुम्लामा सेनाको हेलिकोप्टरमार्फत् मतपत्र धुवानी


जुम्लामा नेपाली सेनाको हेलिकोप्टरमार्फत् मतपत्र धुवानी थालिएको छ ।

जुम्लाका लागि निर्वाचन आयोगले हेलिकोप्टरबाट मतपत्र सुर्खेतबाट जुम्ला धुवानी थालेको हो । सेना नन्दबक्सगणका गणपति रविन थापाका अनुसार बुधबार २ पटक सेनाको हेलिकोप्टरले मतपत्र ल्याइएको छ । कर्णाली राजमार्गबाट ठूला गाडी आउन नसकेकाले मतपत्र हेलिकोप्टरमार्फत् ल्याउन थालिएको हो । काठमाडौंबाट सुर्खेत गाडीमा मतपत्र पुगेको हो भने त्यहाँबाट जुम्ला ओसार्ने काम हेलिकोप्टरमार्फत् भइरहेको छ ।

स्थानीय तहको निर्वाचनमा ट्रकमार्फत् मतपत्र ल्याइएको थियो । जुम्लाका मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमका अनुसार सुर्खेतबाट हेलिकोप्टरमा समानुपातिक तर्फको एक लाख ५१ हजार मतपत्र जुम्ला आइपुगेको छ । उनले  प्रतिनिधिसभा समानुपातिकतर्फ ७७ हजार र प्रदेशसभा समानुपातिक तर्फ ७४ हजार मतपत्र जुम्ला ल्याइएको । अब समानुपातिकको चार हजार मतपत्र आउन बाँकी छ । उनका अनुसार  बाँकी मतपत्र बिहिबार ल्याइने छ । जुम्लामा प्रत्यक्षतर्फ प्रतिनिधिसभाका लागि ७६ हजार मतपत्र र प्रदेशसभा ‘क’ का लागि आवश्यक ४१ हजार तथा प्रदेशसभा ‘ख’ का लागि ३६ हजार मतपत्र माग गरिएको  छ । 

Logo