वर्षकै ठूलो शपिंग फेस्टिभलका लागि १८ प्रमुख बैंकहरूसँग दराजकाे सम्झौता

वर्षकै ठूलो शपिंग फेस्टिभलका लागि १८ प्रमुख बैंकहरूसँग दराजकाे सम्झौता


नेपालको सबै भन्दा ठूलो अनलाइन शपिंग फेस्टिभल ११.११ फेरी सुरु हुन गइरहेकोछ ।

११ लाख उत्पादनहरूमा ८०५ सम्मको छुट सहित दराजले ११.११ को पाँचौं संस्करण यही कार्तिक २५ गते सुरु हुने घोषणा गरेको छ । दशैं धमाका अभियानको सफलता लगायत, दराजले निर्बाधरूपमा आफ्नो ध्यान वर्षकै सबैभन्दा ठूलो अभियानमा सारेको छ । यसभित्रको पहिलो पहल भने ग्राहकहरूलाई ११.११ को अवधिमा थप छुट उपलब्ध गराउन नेपालका अग्रणी बैंकहरूसँगको साझेदारी गर्नु रहेकाे कम्पनीको भनाई छ ।

बैंकर प्रिपेमेन्ट छुटहरू दराजका वर्षभरिको सबै अभियानहरूको महत्त्वपूर्ण हिस्सा रहेको कम्पनीले जनाएकाे छ । कम्पनीले दराज ११.११ को बैंक र प्रिपेमेन्ट छुटहरू अझ ठूलो र राम्रो हुने आश्वासन दिएको छ । ११.११ को लागि दराजले डेबिट र क्रेडिट कार्ड प्रिपेमेन्ट मार्फत २० प्रतिशत (अधिकतम रु.३०००)  छुट प्रदान गर्न नेपालका अग्रणी बैंकहरूसँग साझेदारी गरेको छ । 

साझेदार बैंकका ग्राहकहरूले दराज ११.११ अभियानको सम्पूर्ण अवधिमा डेबिट कार्डमार्फत १५ प्रतिशत (अधिकतम रु. २५००) र क्रेडिट कार्डमार्फत २० प्रतिशत (अधिकतम रु. ३०००) सम्मको छुट प्राप्त गर्नेछन् । त्यसैगरी, कम्पनीका अनुसार प्रीपेमेन्ट छुटहरू अभियानकोअवधिमा सीमित अवधिको लागि मात्र प्रत्यक्ष हुने भएकाले ग्राहकहरूलाईइ कमर्स लेनदेनको लागि आफ्नो बैंक कार्डहरू सक्रिय गर्न र बिक्री सुरु हुने बित्तिकै छूटहरू प्राप्त गर्न अनुरो गरिएको छ । 

दराज ११.११ अभियानका लागि बैंक साझेदारहरू निम्नानुसार छन् ।

१.नबिल बैंक
२. कुमारी बैंक
३. सानिमा बैंक
४. माछापुच्छ्रे बैंक लिमिटेड
५. एभरेष्ट बैंक
६. सनराइज बैंक
७. मेगा बैंक
८. एनएमबि बैंक
९. सिटिजन्स बैंक
१०. नेपाल बैंक
११. एनसीसी बैंक
१२. नेपाल एसबीआई बैंक
१३. सेन्चुरी बैंक
१४. ज्योति विकास बैंक
१५. सांग्रिला बैंक
१६. सिद्धार्थ बैंक
१७. हिमालयन बैंक
१८. कामना सेवा बैंक

Logo