मुक्तिनाथ विकास बैंकद्वारा धुर्मुस-सुन्तली फाउण्डेसनलाई सहयोग

काठमाडौँ,

मुक्तिनाथ विकास बैंक लि.ले धुर्मुस सुन्तली फाउण्डेसनको बहुप्रतिक्षित योजना गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि ५ लाख वित्तिय सहयोग स्वरुप चेक प्रदान गरेको छ ।

उक्त चेक मुक्तिनाथ विकास बैंकका कार्यकारी प्रमुख अधिकृत प्रद्युमन पोखरेलले धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) लाई हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

ताजा समाचार

मुक्तिनाथ विकास बैंकद्वारा धुर्मुस-सुन्तली फाउण्डेसनलाई सहयोग