शाओमीको नयाँ आधिकारिक स्टोर ईटहरीमा

शाओमीको नयाँ आधिकारिक स्टोर ईटहरीमा


शाओमी नेपालले सुनसरीको ईटहरीमा आफ्नो आधिकारिक स्टोर खोलेको छ । अरुण एण्ड ब्रदर्स प्रा.लि. सँग सहकार्य गरेर धरान रोडस्थित गोर्खा डिपार्टमेन्ट स्टोर नजिकै रहेको जय नेपाल होटलको भवनमा शाओमीले आफ्नो नयाँँ स्टोर खोलेको हो । 

आफ्नो स्टोरहरुको संख्या दोब्बर बनाउने उदेश्यसहित ब्राण्डले नेपालभरि नयाँँ र आधुनिक स्टोरहरु खोल्ने योजना बनाएको छ । 

साे अवसरमा शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर सौरभ कोठारीले भने, “यो नयाँँ स्टोर खुलेपछि हाम्रा ग्राहकहरुलाई किनमेल गर्न अझ धेरै सजिलो हुनेछ र सँग–सँगै हाम्रो सिमलेस अफलाइन नेटवर्क विस्तार गर्ने उद्धेश्य पनि पुरा हुनेछ । हामीलाई आशा छ हाम्रा ग्राहकहरु हाम्रो यो नयाँँ स्टोरमा आउनुहुनेछ र हाम्रो नयाँँ–नयाँँ उत्पादनहरु मन पराउनुहुनेछ ।”

यो मोडलले नेपालमा नयाँँ र आधुनिक स्टोरहरु खोल्दै ग्राहकहरुलाई उच्चतम सुविधा प्रदान गर्ने कम्पनीले जनाएकाे छ । यो नयाँँ स्टोरमा सप्लाई चेन म्यानेजमेन्ट, उत्पादनको उपलब्धता र डेलिभरी मेजरहरु जस्ता सम्पूर्ण रिटेलको कामहरु मुख्य ब्रान्डको मातहतमा इन्टिग्रेट हुनेछन् । 

यी शाखाहरुको सम्पूर्ण रिटेल प्रक्रियाहरु शाओमी नेपालले हेर्ने हुनाले ब्रान्डको पारदर्शीता कायम हुन्छ । जसको फलस्वरुप मिको ग्राहकहरुले थुप्रै फाईदाहरु लिन सक्नेछन् । रिटेल प्रकृयाको हरेक चरणमा उनीहरुले ब्रान्डसँग सिधै अन्तरक्रिया गर्न पाउने कम्पनीले जनाएकाे छ । 

Logo