रूसले बेलायतका राजदूतसँग लियाे स्पष्टीकरण

रूसले बेलायतका राजदूतसँग लियाे स्पष्टीकरण


ब्ल्याक सीको सेभास्टोपोल बन्दरगाहमा आफ्ना पानी जहाजमाथि युक्रेनीहरूले गरेको हमलामा बेलायतको समेत संलग्नता रहेको भन्दै त्यस सम्बन्धमा विरोध जनाउन मस्काेले बेलायतका राजदूतलाई बोलाएर स्पष्टीकरण लिएको छ । 

रूसी विदेश मन्त्रालयले बेलायतका राजदूत डेबोरा ब्रोनर्टलाई बिहीबार मन्त्रालयमा बोलाएर ब्ल्याक सीमा आफ्ना जहाजमाथि गरिएको युक्रनी आक्रमणका निम्ति बेलायतका फौज विशेषज्ञ परिचालन भएका तथा बेलायतबाट अन्य सहायतासमेत प्रदान गरिएको सम्बन्धमा स्पष्टीकरण लिएको हो ।

बेलायतले द्वन्द्व बढाउने गतिविधि बढाएकामा मस्कोले आपत्ति जनाउँदै त्यसले अप्रत्याशित जोखिम र परिणाम निम्त्याउने चेतावनी दिएको छ । द्वन्द्वमा प्रत्यक्ष प्रभाव पार्ने आक्रमक कार्य जारी रहेमा त्यसले दुई देशबीचको सम्बन्धमा पनि तनाव सृजना गर्ने बताउँदै विदेश मन्त्रालयले त्यसको जिम्मेवारी  बेलायतको पक्षमा पर्ने विरोधपत्रमा उल्लेख गरेको छ । 

बढ्दो वैमनस्यपूर्ण एवम् उत्तेजक गतिविधिप्रति असहमति जनाउँदै क्रेमलिनले त्यस्ता गतिविधि तत्काल बन्द गर्न माग गरेको विदेश मन्त्रालयले  ट्वीट गरेको छ । युक्रेनको नौ सेनाका साथै युक्रेनी सैन्यबलका गोताखोरलाई बेलायतले तालिम दिएको थियो । -एएनआई

Skip This
Logo