फेरिएको तीज गीतबारे के भन्छन् जानकारहरू ? (भिडियोसहित)

फेरिएको तीज गीतबारे के भन्छन् जानकारहरू ? (भिडियोसहित)


काठमाडौं ।

हिन्दु महिलाहरूले मनाउँदै आइरहेको तीज पर्व एक किसिमको साँगीतिक पर्व पनि हो । सुरुवाती समयमा भगवानको भजन या आरधना गरेर मनाइने यो पर्व कुन समयमा आएर महिलाको व्यक्तिगत पीडा पोख्ने माध्यम बन्यो, त्यसबारेमा कतै लिखित इतिहास भेटिँदैन ।

अहिले आएर “चेलीको वेदना” अथवा महिलाहरू बिहे गरेर गएको घरबाट माइत आउन नपाउँदाको पीडा या विवाहित महिलाले श्रीमानको घरमा भोग्नुपरेको पीडा समेटिएका गीतलाई ‘परम्परागत तीज गीत’ भनेर स्थापित गरिएको छ । हिजो सम्म महिलाले मात्र गाउने, महिला मात्र रमाउने यो पर्वमा आज भने पुरुषहरूको पनि बाक्लो उपस्थिती भेटिएको छ।

तीज पर्व, परम्परा र गीतको बारेमा राय बनाउनेहरू अधिकांशले यसलाई गलत ठानिरहेका छन् भने केही जानिफकारहरू यसमा सकारात्मक रहेको पाइन्छ । आज हामीले यही विषयको सेरोफेरोमा रहेर तीज गीत सामाजिक विकास क्रमको कुन कालखण्डमा ‘चेलीको वेदना’मा परिवर्तन भयो र आज त्यसले आधुनिकताको लय समात्दै गर्दा किन आलोचना हुन थाल्यो भन्ने बारेमा साथै तीज गीतमा देखिएको पुरुषको उपस्थिति अनि भविष्यमा नयाँ गीतहरू परम्परा बनेर स्थापित हुन सक्ने सम्भावनाहरू कत्तिको रहन्छ भन्ने बारे केही जानकारहरू सँग राय लिएका छौं । भिडियो :

 

Logo