विश्व इतिहासमा आजः क्यानडाका प्रधामन्त्रीको हत्या प्रयासदेखि चीनको अन्तरिक्ष यान चन्द्रमा प्रवेश

विश्व इतिहासमा आजः क्यानडाका प्रधामन्त्रीको हत्या प्रयासदेखि चीनको अन्तरिक्ष यान चन्द्रमा प्रवेश


आज ५ नोभेम्वर । विश्वमा आजकै दिन विभिन्न ङटनाहरू भएका थिए । जुन महत्वपूर्ण घटना यस्ता छन् ।

चाङ १ चन्द्रमाको कक्षमा प्रवेश

चीनले चन्द्रमाको अध्ययन गर्न पठाएको यान चाङ १ सन् २००७ मा पहिलो पटक चन्द्रमाको कक्षमा प्रवेश गरेको थियो । सो यानले २६ नोभेम्बरमा  पहिलो पटक पृथ्वीमा तस्विर पठाएको थियो ।  

 
अमेरिकी सिरियल किलरको स्वीकारोक्ती

सन् २००३ मा अमेरिकाका कुख्यात सिरियल किलर ग्रे रिडग्वेले सन् १९८० र १९९० को दशकमा भएका शृंखलाबद्ध आक्रमणमा आफ्नो संलग्नता रहेको स्वीकार गरेका थिए । उनले कम्तिमा ४९ महिलाको हत्या गरेका थिए ।

क्यानडाका प्रधामन्त्रीको हत्या प्रयास

सन् १९९५ मा क्यानडाका तत्कालिन प्रधानमन्त्री जिन क्रिटिनको हत्या प्रयास भएको थियो । एन्ड्रि डालियरले प्रधानमन्त्रीले असफल हत्या प्रयास गरेका थिए ।  

 भ्याटिकन सिटीमा बिस्फोट

सन् १९४३ मा विश्वयुद्धको समयमा भ्याटिकन सिटीमा इटालीको लडाकु विमानबाट बम खसालिएको थियो ।

मेजरले गोली चलाउँदा १३ को मृत्यु

सन् २००९ को ५ नोभेम्बरमा टेक्सासको फोर्ट हुडस्थित सेनाको एउटा केन्द्रमा सेनाका मेजरले गोली चल्दा १३ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका थिए ।

 

Skip This
Logo