रेखाको आशमा सुकुम्बासी वस्ती, हस्ताक्षर संकलन गरि थापालाई हस्तान्तरण

रेखाको आशमा सुकुम्बासी वस्ती, हस्ताक्षर संकलन गरि थापालाई हस्तान्तरण


मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिदै गर्दा मोरङ क्षेत्र नं ३ मा चुनावी माहोल रोमाञ्चक बन्दै गएको छ । 

मोरङ क्षेत्र नं ३ मा काङ्ग्रेस(एमालेबीच कडा प्रतिस्पर्धा हुने  अनुमान गरिरहँदा यस पटक राप्रपाले समेत दुई ठुला पार्टीलाई कडा चुनौती दिने देखिएको छ । काङ्ग्रेसले प्रतिनिधि सभा तर्फ सुनिल शर्मालाई, एमालेले भानुभक्त ढकाल र राप्रपाले रेखा थापालाई उमेदवार बनाएको छ । सुरुमा थापालाई दुई ठुला राजनीतिक दलले कमजोर उमेदवार बताउने गरे पनि अहिले तिनै दुई राजनीतक दललाई रेखाले दिएको चुनौतीको सामना गरिराख्नु परेको छ ।

अघिल्लो पटक जितेका सांसदले  केही नगरेपछी अहिले मतदाताले विकल्पको रुपमा रेखा प्रती आकर्षित हुन थालेका हुन । अघिल्लो पटकको निर्वाचनमा पुराना विजयी बनेका नेताले जनतालाई दिएको आश्वासन पुरा गर्न नसक्दा दुई ठुला राजनीतिक दल प्रती मतदाता आक्रोशित बन्दै गएका छन् । गत स्थानीय तहको चुनबले परिवर्तनको पक्षमा अनपेक्षित नतिजा ल्याएसँगै यश क्षेत्रमा पनी परिवर्तनको पक्षमा जमात देखिन थालेको छ ।

अघिल्लो निर्वाचनमा निर्वाचित जनप्रतिनिधिले सुकुम्बासी वस्तीको समस्या समाधान गर्न नसक्दा मोरङ क्षेत्र नं ३ का करीब एक हजार घर परिवारले हस्ताक्षर संकलन अभियान अगाडि बढाएका छन् । क्षेत्र नं ३ का कानेपोखरी, बेलबारी र पथरिशनिश्चरे नगरपालिकामा बस्ने सुकुम्बासी वस्तीका घरपरिवारले यस पटक रेखालाई मत हाल्ने र दवाब स्वरूप आफ्नो हस्ताक्षर संसद भवनामा पुर्‍याउन आग्रह गर्दै हस्ताक्षर उक्त संकलित हस्ताक्षर रेखा थापालाई बुझाएका छन् । यस क्षेत्रमा ३५ देखी ४० हजारको हाराहारीमा सुकुम्बासी रहेका छन् ।

Logo