आज सेप्टेम्बर ११ : अमेरिकी इतिहासकै कालो दिन

न्यूयोर्क,

आज सेप्टेम्बर ११ । सन् २००१ को सेप्टेम्बर ११ तारिखमा १९ जना अपहरणकारीले इन्धन भरिएका चारवटा अमेरिकी विमानहरु अपहरण गरेर दुईवटालाई न्यूयोर्कस्थित वर्ल्ड टावर सेन्टरका जुम्ल्याहा भवन, वासिङ्टनस्थित अमेरिकी सरकारको परराष्ट्र मन्त्रालय रहेको पेन्टागन र पेन्सिल्भानियामा रहेको स्यांक्सभिलेमा ठोक्काएका थिए ।

उक्त आतंकवादी आक्रमणमा न्यूयोर्क, भर्जिनिया र पेन्सिल्भानियाका करिव दुई हजार नौ सय ७७ जनाको मृत्यु भएको थियो । जसमध्ये १९ जना अपहरणकर्तासमेत थिए । घटनाको जिम्मेवारी ओसामाबिन लादेनको नेतृत्वमा रहेको  आतंककारी संगठन अल कायदाले लिएको थियो । यस घटनालाई अमेरिकाले सायद कहिले पनि बिर्सन सक्दैन ।

तत्कालीन राष्ट्रपति जर्ज डब्ल्यू बुश घटना हुँदा एक स्कुलको कार्यक्रममा थिए । पहिलो पटक घटनाबारे जानकारी दिँदा उनको अनुहार मलिन थियो ।

टावरको माथिल्लो तल्लामा हजारौं फसेका थिए । विमानको हमला लगत्तै धेरैको मृत्यु भयो भने त्यसपछिको आगोमा परी थुप्रैले ज्यान गुमाए । कतिको त्यहाँबाट हाम फालेका कारण पनि मृत्यु भयो ।

ताजा समाचार

आज सेप्टेम्बर ११ : अमेरिकी इतिहासकै कालो दिन