इन्धनको मूल्य २ रुपैयाँ घट्यो
file photo

काठमाडौं,

नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य घटाएको छ । मंगलबार मध्याह्न १२ बजेदेखि लागू हुने गरी डिजेल, मट्टितेल र पेट्रोलमा प्रतिलिटर दुई/दुई रुपैयाँ घटाइएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो ।

मूल्य घटेसँगै प्रतिलिटर डिजेल र मट्टितेल ९५ रुपैयाँ र पेट्रोल १०७ रुपैयाँ कायम भएको छ । निगमले मंगलबारदेखि भारतबाट पाइपलाइनमार्फत इन्धन भित्र्याएको छ । पाइपलाइनबाट इन्धन भित्र्याउन थालेपछि वार्षिक दुई अर्बभन्दा बढी ढुवानी खर्च बचत हुने निगमले जनाएको छ ।