देश खान हाेइन, देशको शत्रु खान उम्मेदवार भएकाे हुँ – खड्का

देश खान हाेइन, देशको शत्रु खान उम्मेदवार भएकाे हुँ – खड्का


रुपन्देही -३ का प्रतिनिधिसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार केशवविक्रम खड्काले कुनै पनि उम्मेदवार ठूलो सानो नहुने भएकाले राज्यले समान व्यवहार गर्नुपर्ने बताएका छन् । 

वहालवाल गृहमन्त्रीसहित २२ जनाको उम्मेदवारी रहेको यस क्षेत्रमा सबैलाई समान व्यवहार हुनुपर्ने उनले बताए । उनले भने- 'राज्य सत्तामा भएकालाई एउटा व्यवहार नभएकालाई अर्काे गर्नु भएन ।'  

हालसम्म कुनै दलमा आबद्ध नभएको दाबी गर्दै खड्काले आफ्नाे प्रतिस्पर्धी नै नभएको दावी गरे । उनले आफूलाई बाघको संज्ञा दिँदै भने, ‘म बाघ हो, देशका शत्रु खान्छु भनेर आएको छु । अरु उम्मेदवार त देशलाई खाने बाघ हुन् उनीहरूले स्वजातिलाई समेत खान्छन् ।’

भैरहवामा शनिवार पत्रकारसँग परिचय गर्दै उनले देशको शत्रु नाश गर्न कै लागि उम्मेदवारी दिएकाे बताए । उनले निर्वाचन जित्न खर्च गर्न नपर्ने पनि बताए । निर्वाचन आयाेगले २० लाखको लिमिट दिए पनि आफ्नाे  १० लाख पनि खर्च नहुने बताए । 

Logo