‘विप्लव’का छोरा प्रकाश चन्द पक्राउ

प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्दलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई चितवन मेडिकल कलेज परिसरबाट पक्राउ गरिएको हो ।

चितवन मेडिकल कलेजमा जारी आन्दोलनका क्रममा उनलाई पक्राउ गरिएको प्रहरीको भनाई छ ।  चन्दसहित अन्य विद्यार्थीहरु पनि पक्राउ गरिएका छन् ।

चितवन मेडिकल कलेजका विद्यार्थीहरु केही दिनदेखि आन्दोलनरत रहेका छन् ।