अपहरणपछि बलात्कार गर्न खोज्ने ३ जना नक्कली प्रहरी पक्राउ

धनगढी । नक्कली प्रहरी बनेर अपहरण गर्दै बलात्कार गर्न खोज्ने ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका १६ का २४ वर्षीय सञ्जित राना, २९ वर्षीय लोकेन्द्र खडायत र १९ वर्षीय अनिल राना रहेका छन् ।

भदौ २१ गते मध्यरातमा धनगढी उपमहानगरपालिका ७ की एक महिलालाई अपरिचित ३ जनाको समूहले जिल्ला प्रहरी कार्यालय लग्ने भन्दै मोटरसाइकलमा हालेर जंगलतिर लगेका थिए ।

त्यही जबरजस्ती करणी गर्न खोज्दा पीडित महिला भागेर प्रहरीलाई घटनाबारे जानकारी गराएकी थिइन् । जानकारी पाएलगत्तै प्रहरी नायब उपरीक्षक दक्ष कुमार बस्नेतको कमाण्डका खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।