सन्नी लियोनी बिहिबार नेपाल आउने

बलिउड अभिनेत्री सन्नी लियोनी आज (बिहिबार) नेपाल आउने भएकी छन् । नेपाली चलचित्र ‘पासवर्ड’को प्रिमियर शोका लागि सन्नी नेपाल आउन लागेकी हुन् ।

उनी दिउँसो २ बजे नेपाल आइपुग्ने जनाएको छ। चलचित्रको आज साँझ कुमारी हलमा प्रिमियर शो हुँदैछ । यो चलचित्र भोलि  शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । यो चलचित्रमा सन्नीले ‘आजको शाम’ बोलको गीतमा आइटम नृत्य गरेकी छन् । २ करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएका थिए ।

एबी इन्टरनेशनलको ब्यानरमा बनेको चलचित्रलाई सम्राट बस्नेतले निर्देशन गरेका हुन्। चलचित्रमा हिराल जोशी र अमित बस्नेतको लगानी छ ।

एक्सन र थ्रिलर कथामा बनेको चलचित्रमा अनुपविक्रम शाही, बुद्धि तामाङ, विक्रमदास जोशी, रविन्द्र झा, धिरेन शाक्य, प्रविन खतिवडालगायतका कलाकारहरुको अभिनय छ ।