११ वर्षीया भतिजी बलात्कार गरेर काका फरार

बागलुङमा ११ वर्षीया बालिका आफ्नै काकाबाट बलात्कृत भएकी छन् ।

काठेखोला गाउँपालिका–५ का ६१ वर्षीय चन्द्रबहादुर सुनारले बालिकालाई बलात्कार गरी फरार भएको प्रहरीले जनाएको छ। पीडित पक्षले मङ्गलबार बागलुङ प्रहरीमा उजुरी दर्ता गरेका थिए।  गत भदौ १५ गते तीजको दिन घटना भएको थियो।

पीडित परिवारको आर्थिक अवस्था कमजोर भएकाले उजुरी गर्न ढिलाइ भएको प्रहरीले जनाएको छ ।