मोरङ- ३ मा बलियो प्रभाव बढाउन सफल डा. सुनिल शर्मा

मोरङ- ३ मा बलियो प्रभाव बढाउन सफल डा. सुनिल शर्मा


प्रतिनिधिसभाका लागि मोरङ क्षेत्र नम्बर ३ का लागि संयुक्त  लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार डा. सुनिल शर्माले निर्वाचन क्षेत्रमा आफ्नो पक्कड बढाउँदै लगेका छन् । गठबन्धन दलहरुको बलियो तालमेल र सबै पार्टीको राजनीतिक सक्रियताले उनी आफ्नो क्षेत्रमा बलियो प्रभाव बढाउन सफल भएका हुन् । स्थानिय बासिन्दाहरु खुलेर यस पटक शर्मालाई मतदान गर्ने भनिरहेका छन् ।  

आगामी मंसिर ४ गतेका लागि निर्धारित आम निर्वाचनको प्रचारप्रसारमा जुटेका डा. शर्मा अहिले स्थानीयवासीको विकासको आकांक्षा पूरा गर्ने संकल्पका साथ घरघरमा पुगिरहेका छन् । आफ्नो घरमा मत माग्न आएका उनलाई स्थानिय वासिन्दाले पनि खुलेर स्वागत गरेका दृष्यहरु देखिन्छन् । कोरोनाको कहरदेखि स्वास्थ्यमा जुनसुकै समस्या आउँदा शर्माले सहयोग गरेको गुन स्थानिय बासिन्दाले सम्झिरहेका छन् । 

आफूले विगतमा गरेका रचनात्मक तथा कल्याणकारी कामहरुका कारण डा. शर्मा आफ्ना मतदातामाझ निकै लोकप्रिय उम्मेदवार बन्न सफल भएका छन् । उनी जुन इलाकामा घरदैलो कार्यक्रममा जान्छन्, त्यस क्षेत्रका युवादेखि वृद्धसम्म सबै उमेर समुहका मतदाता उनले गरेका सेवा र सहयोगको मुक्त कण्ठले प्रशंसा गर्दै खुला हृदयले विजयको शुभकामना दिइरहेका देखिन्छन् ।

कोरोना महामारीका समयमा घरघरमा एम्बुलेन्स पठाएर बिरामीको उपचार तथा विपन्न नागरिकको जीवनरक्षाका लागि राहत सामग्री वितरणमा डा. शर्माले देखाएको तदारुकता स्थानिय बासिन्दाले बिर्सिएका छैनन् । सरकारले नै चर्को शुल्कमा कोरोना परीक्षण गरिरहेको अवस्थाका बीच डा. शर्माले यस क्षेत्रका स्थानीयहरुको कमजोर आर्थिक अवस्थालाई मध्यनजर गर्दै सो भन्दा सुलभ दरमा परीक्षणको व्यवस्था मिलाएपछि आफूहरुलाई राहत पुगेको स्थानीयहरु स्मरण गर्छन् । 

घरदैलोका क्रममा उम्मेदवार शर्माले अघि सारेका राजनीतिक तथा सामाजिक मुद्धा पनि स्थानिय बासिन्दाले मन पराएका छन् । शर्माले मुल रुपमा आर्थिक अभावमा उपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्य भएको घोषणा नै गरिसकेका छन् । 

साथै आफू सांसद भएपछि राज्यका जुनसुकै पदमा पुगेपनि भ्रष्ट्राचार नगर्ने बाचा शर्माले मतदातासामु गरेका छन् । राज्यकोषको एक पैसा पनि अपचलन गरे त्यो आफ्ना लागि आमाको रगत समान हुने उनको अभिव्यक्तिले पनि धेरै मतदाता तानिएका छन । पूर्वाधार विकास र रोजगारी शृजना हुनेगरि काम गर्ने आफ्नो क्षेत्रमा हजारौंको संख्यामा रोजगारी सिर्जना गर्ने बाचा गरेका कारण युवाहरुको साथ पनि शर्मालाइ देखिन्छ । 

विगतदेखि नै सामाजिक सेवामा सक्रिय डा. शर्माले अहिलेसम्म आफ्नो क्षेत्रका सात सय भन्दा बढी विद्यार्थीलाई मेडिकल शिक्षामा ५० प्रतिशतदेखि शतप्रतिशतसम्म निजि छात्रवृत्ति दिएर पढाइसकेका छन् । उनको निजि छात्रवृत्तिमा यस क्षेत्रका सतार समुदायका एक युवक आफ्नो समुदायकै पहिलो डाक्टर बन्न सफल भइसकेका छन् । 

शर्माले चाँडै अब केहि महिनापछि अर्का एक दलित समुदायका युवकलाई पनि यस्तै छात्रवृत्तिमा डाक्टर बनाउने सार्वजनिक घोषणा गरिसकेका छन् । बाम लोकतान्त्रिक गठबन्धनले विजय प्राप्त गरे इमानदारीपूर्वक जनताको सेवा गर्ने प्रतिबद्धता जनाउँदै उनले गठबन्धनले जित हासिल गरे बाटो, पुल, स्कुलजस्ता भौतिक विकासका आयोजनाहरु द्रुत गतिमा सञ्चालनमा ल्याई नागरिकको जीवनलाई गुणस्तरीय बनाउने बाचा जनतासमु गरिहेका छन्  । 

गठवन्धनका दलहरुको बलियो साथ पाएका शर्मा प्रचार प्रसारदेखि घरदैलो कार्यक्रममा विपक्षी उम्मेद्वारभन्दा निकै अघि देखिन्छन् । 

यसअघि यस क्षेत्रबाट निर्वाचन जितेर सांसद र मन्त्री भएका पात्र विभिन्न काण्डमा मुछिएका थिए । खासगरी मन्त्री भएर पनि केहि काम नगरेको, कोरोना कालमा जनतालाई कुनै सेवा नदिएको भन्दै स्थानिय बासिन्दा निवर्तमान सांसदसंग निकै रुष्ट छन् । 

त्यसको ठिक विपरित डा. शर्माले भने कोरोनाकालमा निशुल्क उपचारदेखि अरु समयमा समेत स्वास्थ्य सेवा दिएको भन्दै प्रशंसा बटुलेका छन् । शर्माले चुनाव जितेपछि गठबन्धनको सरकार बन्ने र त्यसपछि विकासका गतिविधि सञ्चालन गर्न आवश्यक पर्ने बजेट संघीय र प्रदेश सरकारको कोषबाट व्यवस्थापन गर्ने रणनीतिमा आफू रहेकाले विकासको चिन्ता नगर्न सर्वसाधारणलाई भनिरहेका छन् । 

आफ्नो क्षेत्रका अधिकतम जनता सुकुम्बासी जग्गामा बसोबास गरिरहेको तथ्यलाई दृष्टिगत गर्दै डा. शर्माले उनीहरुलाई गठबन्धनको नेतृत्वमा बन्ने सरकारले आगामी दुई वर्षभित्र पहिलो चरणको धनीपुर्जा वितरण गर्नेसमेत बताएका छन् । 

२०७४ सालको आम निर्वाचनबाट निर्वाचित नेतृत्वले अपेक्षाकृत नतिजा दिन नसकेको, कोरोना महामारीका बखत स्वास्थ्य सामाग्री खरिदमा तत्कालीन नेतृत्वले व्यापक भ्रष्टाचार गरेको, दुई तिहाई बहुमतका बाबजुद दुई पटकसम्म संसद विघटन गरी जनमतको अपमान गरेकोजस्ता कारणले तत्कालीन नेतृत्व अलोकप्रियताको शिखरमा पुगेका बेला डा. शर्माले गठवन्धनको साथ सहित प्रचार प्रसारलाइ पनि निकै आक्रमक बनाउदै लगेका छन् ।

Logo