जनमोर्चा अध्यक्ष केसी भन्छन्- गठबन्धनको सूत्रधार मै हो

जनमोर्चा अध्यक्ष केसी भन्छन्- गठबन्धनको सूत्रधार मै हो


राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिलेको पाँचदलीय गठबन्धको प्रमुख सूत्रधार आफू रहेको बताएका छन् । बागलुङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको सदस्यको गठबन्धका तर्फबाट उम्मेदवारसमेत रहेका नेता केसीले मंसिर ४ गतेको निर्वाचनमा प्रतिगमन ढल्ने बताएका हुन् । 

आज बागलुङ बजारमा आयोजित पत्रकार सम्मेलनमा नेता केसीले मंसिर ४ गतेको निर्वाचन प्रतिगमन र अग्रगमनबीच प्रतिस्पर्धा हुने बताउँदै प्रतिगमन ढलेर जाने बताए ।

‘मनै प्रतिगमनका विरुद्धमा लागेँ, त्यसैले गठबन्धन बनाउनै अग्रसर भएको थिएँ । अहिलेको हाम्रो लडाइँ प्रतिगमन र अग्रगमनबीच छ, मंसिर ४ गते प्रतिगमनलाई ढलाइन्छ,’ नेता केसीले भने । उनले आफूले प्रतिगमनको विरुद्ध र राष्ट्रियताको पक्षमा देशलाई जोगाउने भूमिका खेलेको भन्दै आफूले सहजै ढङ्गले चुनाव जित्ने बताए।

नेता केसीले संसद्मा नीति बनाउन जाने भए पनि नागरिकलाई विकाससँग जोड्न आफूले सक्दो पहल गर्ने बताए । 

Logo