#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व635463237679630896212888215
नेपाल181181582221

हृदयेश त्रिपाठीको समूहले तत्काल नेकपासँग एकता नगर्ने

काठमाडौं । हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक समूहले तत्काल सत्तारुढ नेकपासँग एकता नगर्ने भएको छ । तत्कालिन एमालेको सूर्य चुनाव चिन्ह लिएर चुनाव लडेका त्रिपाठी नेकपासँग पार्टी एकता गर्ने हल्ला चलिरहेका बेला राजनीतिक समूहले तत्काल एकताको लागि सम्भावना नरहेको जनाएको हो ।

मंगलबार काठमाडौंमा बसेको बैंठकले राजनीति समूहलाई क्रियाशिल बनाउने र नेकपासँग पार्टी एकता नगर्ने निर्णय गरेको हो । हृदयेश राजपा छोडेर बृजेश कुमार गुप्तासहितका पाँच नेता चुनावको पूर्वसन्ध्यामा तत्कालीन एमालेसँग गठबन्धन गर्दै सूर्य चुनाव चिन्ह लिएर चुनाव लडेका थिए । जसमा त्रिपाठी र गुप्ता प्रतिनिधिसभा सदस्य बनेका थिए ।

जुन मान्यताले नेकपासँग सम्झौता भएको थियो । चुनावको लाभ लिएपछि नेकपाले त्यो सम्झौता बिर्सेको त्रिपाठीको आरोप छ । २०७४ असोज १६ गते भएको सम्झौतापछि तत्कालीन एमाले र माओवादीबीच एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी बनेकोले आफुहरुलाई प्राथमिकतामा नपरेको समूहको नेता इश्वर दयाल मिश्रको बुझाइ छ ।

सबै जिल्लामा संयोजकसहित समिति बनाएर जिल्ला र काठमाडौंमा सम्पर्क कार्यालय बनाउने निर्णय समेत बैठक गरेको छ । पूर्व एमालेसँग सम्झौता गर्दा आफुहरुको पनि विचारलाई समेट्ने भनिएको तर नेकपाले आफुहरुलाई बेवास्था गरेको समूहका नेता तथा सांसद बृजेश कुमार गुप्ताको भनाई छ ।

किसानको हित र सफलताको लागि विशेषज्ञहरुको सम्मिलित उच्चस्तरीय कृषि उपज मुल्य निर्धारण आयोग गठन गरि न्युनतम समर्थन मुल्यको निर्धारण तथा सरकारले स्वयं उक्त उपज खरिद गर्ने व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

कृषि उपज निर्धारण आयोग गठन गर्नुपर्ने, नागरिकता सम्बन्धि, नेपाल भारत सिमामा गाडीको आवतजावत सम्बन्धि, नेपालगन्जमा विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय एयरपोर्टका रुपमा स्तरोन्नति गर्नुपर्ने, संविधान संशोधन, निर्वाचित सांसद रेशम चौधरी प्रतिनिधिसभामा उपस्थिति लगायतका १७ बुँदे मागहरु बैठकले अघि सारेको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार