भ्रमण वर्ष लक्षित एक्स्पो हुने

काठमाडौं,

नेपाल भ्रमण वर्ष–२०२० लाई लक्षित गरी नेपाल–इण्डिया–चाइना एक्स्पो (नाइस) हुने भएको छ । प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरको आयोजना र नेपाल भ्रमण वर्ष–२०२० सचिवालय तथा नेपाल पर्यटन बोर्डको समन्वयमा आगामी २१ देखि २४ फेब्रुअरी २०२० मा काठमाडौंमा एक्स्पो हुने आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

पाटाका नेपाल च्याप्टर अध्यक्ष सुनिल शाक्यले भ्रमण वर्षको अवसरमा नेपालको पर्यटन प्रवद्र्धन तथा विकासका लागि पर्यटन स्रोत बजार चीन र भारत हुने भएकाले ती दुई देशका पर्यटकलाई लक्षित गरी कार्यक्रम गर्न लागिएको बताउनुभयो ।

अध्यक्ष शाक्यले नेपालको अवस्थिति, ऐतिहासिक, भौगोलिक, सांस्कृतिक, जैविक विविधता, प्राकृतिक सौन्र्दयता, नेपाली पर्यटन क्षेत्रको प्रवद्र्धन, विकास र विस्तार गर्न कार्यक्रमले सहयोग गर्ने भन्दै दुई देशबाट पर्यटन आगमन हुने सम्भावनासमेत रहेको बताउनुभयो ।

पत्रकार सम्मेलनमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले भ्रमण वर्षमा पनि सरकारले चीन र भारतबाट बढीभन्दा बढी पर्यटक भित्र्याउने योजना राखेको बताउनुभयो । भ्रमण वर्ष २०२० अभियानका राष्ट्रिय कार्यक्रम संयोजक सुरज बैद्यले चीन र भारत ठूला पर्यटन स्रोतको बजारको रुपमा रहेकोले कार्यक्रमले ती बजारबाट पर्यटन भित्र्याउन सहयोग मिल्ने बताउनुभयो ।
रासस